जिल्ला समाचार

दरबन्दी काटिएको भन्दै अभिभाबकहरु आन्दोलनमा, निर्णय फिर्ता नलिए बिद्यार्थी जिम्मा लिन नगरपालिकालाई चेतावनी

अनिश शर्मा गैरे
गुल्मी, १८ माघ । मुसिकोट नगरपालिकाले गरेको दरबन्दी मिलान अनुसार विद्यालयको दरबन्दी काटिएपछि मुसिकोट नगरपालिका ८ ठुलाखर्कमा रहेको ठुलोखर्क प्राविका अभिभाबहकहरु आन्दोलित बनेका छन् ।

मुसिकोट नगरपालिकाको गत श्रावण १३ गतेको नगरकार्यपालिकाको बैठकले नगरपालिका भित्रका बिद्यार्थी कम भएका केही बिद्यालयहरु मर्ज गर्ने तथा केही बिद्यालयहरुको दरबन्दी मिलान गर्ने निर्णय गरेको थियो ।

सो अनुरुप ठुलाखर्क प्राविको पनि दरबन्दी काटिएको थियो । भने केही दिन अघिमात्र बिद्यालयमा कार्यरत शिक्षक ओमकार लामिछानेलाइ दरबन्दी सहित वामी मैदान स्थित शारदा बिद्या मन्दिर माबिमा सरुवा गरेपछि बिद्यालय ब्यबस्थापन समिति सहित अभिभाबहक हरु आन्दोलित भएका हुन् । शैक्षिक सत्रको समाप्ति नहुँदै एकाएक विद्यालयको दरबन्दी कटान हुँदा विद्यार्थीको पढ्न पाउने अधिकार हनन भएको ब्यबस्थापन समितिका अध्यक्ष प्रभाकर पाण्डेले बताए । उनी सहितको अभिभाबहकको समुहले विहिबार नगरपालिकामा ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गरेको छ ।

सो निर्णय तत्काल फिर्ता गर्न माग गर्दै उनीहरुले नगरउपप्रमुख कमला शर्मा समक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् । बिज्ञप्तीमा २०२१ सालमा बिद्यालय स्थापना भइ हाल सम्म विभिन्न आरोह अवरोहहरु पार गर्दै यहाँ सम्म आएको र हाल आएर दरबन्दी कटान भएपछि बिद्यार्थीहरुको पढ्न पाउने अधिकार हनन भएको भनिएको छ ।

यदि निर्णय फिर्ता नभए कक्षा ४ र ५ मा भएका बिद्यार्थीको जिम्मा पनि नगरपालिकाले नै लिन उनीहरुले आग्रह गरे । ब्यबस्थापन समितिका अध्यक्ष पाण्डेले २७ जना बिद्यार्थी भएका बिद्यालयका दरबन्दी कटान नगरीएको तर त्यो भन्दा बढी ३७ जना बिद्यार्थीहरु भएको बिद्यालयको दरबन्दी काटीनु निकै दुखद भएको बताए । बिद्यालयमा दरबन्दी काटिएसँगै कक्षा ४ र ५ मा पढ्ने बिद्यार्थीहरु अन्यत्र पढ्न जानुपर्ने बाध्यता भएको र अन्यत्र जानको लागि उनीहरुलाइ करिब १ घण्टा लाग्ने भएको कारण विद्यार्थीहरु मर्कामा परेको बिद्यालयका प्रद्यानाध्यापक बेद प्रसाद खरालले बताए ।

यसैबिषयमा ज्ञापन पत्र बुझ्दै उपप्रमुख कमला शर्माले जायज मागहरु पुरा गरीने बताइन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D