दजाकोटको पशुपति निमावि बिहिबारबाट खुल्ने

टोपलाल अर्याल
गुल्मी, १८ बैशाख । दुषित पानीका कारण मुसिकोट नगरपालिका ४ वडागाउँको दजाकोटमा फैलिएको झाडा पखलाको प्रकोपका कारण बन्द भएको बिद्यालय बिहिबारबाट खुल्ने भएको छ । बुधबार राष्ट्रिय बिदा भएकाले २० गतेबाट बिद्यालय संचालन गर्न लागिएको हो । गत बैशाख ८ गतेबाट गाउँका सवै नागरिक बिरामी पर्न थालेपनि स्थानीय पशुपति निमावि पनि बन्द गरिएको थियो । घरका अभिभाव र बालबालिकानै बिरामी पर्न थालेको र बिद्यालयमा अझै धेरै सर्ने सम्भावना भएकाले बन्द गरिएको प्रध्यानाध्यापक जुक्त बहादुर छन्तेलले बताए ।

बिद्यालयमा अहिले एक सय १५ जना बिद्यार्थीले अध्ययन गर्दै आएका छन् । समस्या अझै नियन्त्रणमा नआएकाले बिद्यालय संचालन नहुँदा नयाँ शैक्षिक सत्रको पढाई प्रभावित भएको प्रध्यानाध्यापक छन्तेलले बताए । झाडा पखलाकै कारण पशुपति निमाविको कक्षा ६ मा अध्ययन गर्ने १२ बर्षीय रेशम सिंजालीको मृत्यु भएको भएका छ । उनी टेक बहादुर रेश्मीका छोरा हुन् । मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य हरि छन्तेलका अनुसार परिवारले गलत सुचना दिएका कारण बालकको मृत्यु भएको थियो । ‘सोहि बिद्यालयमा एक बिद्यार्थीको ज्याननै गयो, गाउँका सवै जसो बिरामी परेका कारण बिद्यालय खोल्ने कुरै भएन,’छन्तेलले भने,‘अहिले अवस्था सुधार भएको छ, खोल्ने बिषयमा सल्लाहा गरिरहेका छौ ।’

झाडापखालाबाट प्रभावित दजाकोटको सिंगो बस्तीमा खानेपानीको ठुलो समस्या देखिएको छ । एक सातादेखि गाउँमा प्रयोग गर्दै आएको पानीमा कोलिफम भएको पुष्टि भएपछि सवै पानी फालिएको छ । अहिले गाउँमा पानी छैन् । गाउँ नजिकै अन्य कुनै खानेपानीको स्रोत नभएकाले टाढा रहेको तालखोला भन्ने ठाउँबाट नगरपालिकाले ट्यांकरबाट खानेपानी वितरण गरिएको छ । तर त्यो प्रयाप्त नभएको स्थानीय युवा बिमल छन्तेलले बताए ।

दजाकोट गाउँमा पिउने पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागको पानी परिक्षण घुम्ती सेवा (वाटर एम्बुलेन्स) आएको छ । झाडापखाला प्रभावित क्षेत्रमा दूषित पानीका कारण रोगको थप प्रकोप फैलिन नदिन खानेपानी मन्त्री बिना मगरको निर्देशनमा विभागको पानी शुद्धीकरण चेक गर्न आधुनिक उपकरणसहितको वाटर एम्बुलेन्स गाउँमा आएको मेयर सोमनाथ सापकोटाले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ