जिल्ला समाचार

तम्घास बजारमा पहिलो पटक अटो रिक्सा सञ्चालनमा

अनिल खत्री
२७ कात्तिक,गुल्मी । गुल्मीमा पहिलो पटक अटो रिक्सा सञ्चालनमा आएको छ । जिल्लाको सदरमुकाम तम्घास बजारलाई लक्षित गरि अटो रिक्सा सञ्चालमा आएको हो । तम्घास बजार भित्र र नजिकैका स्थानहरुमा सञ्चालन गर्ने गरि झण्डै १ दर्जन अटो रिक्सा सञ्चालनमा आएका छन् ।
तम्घास बजार भित्रका बिभिन्न स्थानहरुमा पुग्न र सामानहरु ओसार पसार गर्नको लागि अरु सवारी साधानहरु सञ्चालन नहुँदा यात्रुहरुलाई निकै समस्या थियो । तर हालै केहि दिन यता एकै पटक धेरै अटो रेक्साहरु सञ्चालनमा आएसँगै यात्रुहरुलाई सहजता दिलाएको छ ।

तम्घास बजारमा सामान किनेसँगै बजारका बिभिन्न स्थान तथा सवारी साधन छुटने स्थान सम्म पनि लेबर खोजेर लैजानु पर्ने बाध्यता थियो । कुनै पनि स्थानबाट तम्घास बसपार्कमा सामाग्री सहित झरेसँगै घर, होटलहरु तथा पसलहरु सम्म पुग्न पनि सोहि माध्यम अपनाउनु पर्ने बाध्यता थियो ।
तर अहिले तम्घास बजार भित्र र नजिकैका स्थानहरुमा पुग्नको लागि अटो रेक्साले सहजता दिलाएको छ । तम्घास बजारमा अटो रेक्सा सञ्चालनमा आएसँगै स्थानियले खुसि व्यक्त गरेका छन् । तम्घास बजार भित्र ठूला सवारी साधनले चााहेको स्थान सम्म नपु¥याउने हुँदा समाग्री सहित यात्रुलाई असहजता थियो तम्घासमा व्यवसाय गर्दै आएका दुर्गाप्रसाद भण्डारीले भने,अटो रिक्सा सञ्चालनमा आएपछि सहजता दिलाएको छ ।’

उनले तम्घास बजार भित्र यात्रुहरुको सहजताको लागि साना सवारी साधनको आबश्यता रहेको बताए । पसलमा समान किनेपछि भनेको स्थानमा गाडिले सामान नउठाउने गर्दा लेबरबाट गाडि छुट्ने स्थान सम्म सामान लैजानु पर्ने बाध्यता थियो तम्घास उदिनढुङ्गामा व्यवसायी गर्दै आएका झबि पाण्डेयले भने,‘अटो रिक्सा सञ्चालनमा आएपछि निकै फाइदा दिलाएको छ ।’ तम्घास बजार भित्र यसको व्यवस्थित तरिकाले निश्चित भाडा दर तोकेर सञ्चालनमा ल्याउनु पर्ने बताए ।

बिभिन्न स्थानबाट आएका कुरियरका सामाग्री बसपार्कमा झारेपछि निश्चित स्थान सम्म लैजाने नहुदा भनेको बेला लेबर नपाउनु र लेबर मार्फत बोकाएर लैजाुन पर्ने बाध्यता थियो तम्घास क्याम्पस रोडमा कुरियर सेवा सञ्चालन गर्दै आएका जनक पन्थले भने,‘अटो रिक्सा सञ्चालनमा आएपछि सजिलो भएको छ ।’ उनले आफ्नो व्यवसायमा भन्दा पनि आम तम्घासमा आउने यात्रुहरुको लागि धेरै सजिलो र सहजता भएको पन्थले बताए ।

एउटा अटोमा ४ जना सम्म चढ्न मिल्ने अटो रिक्सा पेट्रोल मार्फत चल्ने गर्दछ । तम्घास बजार भित्र र बजार बाहिर स्थानका आधारमा ३० रुपैयाँ देखि ७ सय रुपैयाँ सम्ममा यात्रुहरु आवत–जावत गराएको अटो रेक्सा चालक सन्तोष पन्थीले बताए ।

बजार भित्रै आवत–जावत गर्नेहरु धेरै भेटिन्छन् उनले भने,‘अहिले तिहारपछिको समय भएरपनि होला दिनमा खालि बस्न परेको छैन् ।’ बजार भित्रै सामाग्री सहितका यात्रुहरु धेरै जसो चढ्ने गरेको चालक पन्थीले बताए ।

तम्घास बजार भित्र ठूला सवारी साधनले होटलहरु तथा पसलहरुमा समानहरु लोड अनलोड गर्ने गर्नाले जाम हुने गरेकाले यात्रुहरुको सहजताको लागि नगरपालिकाले नै अटो रिक्सा सञ्चालन गर्न दर्ता खुलाएर सञ्चालनमा ल्याउने सुरुवात गरेको रेसुङ्गा नगरपालिका गुल्मीमा सुचना अधिकारी शंकरप्रसाद गौतमले बताए । तम्घास बजार भित्र भनेको स्थानमा ठूला सवारी साधनहरुले यात्रुहरुलाई बजार भित्र भनेको स्थान सम्म लैजान नसक्दा पनि यात्रुहरुलाई समस्या थियो सुचना अधिकारी गौतमले भने,‘नगरपालिकाको भ्यालि भित्र पहिलो चरणमा ८ वटा अटो रेक्सा सञ्चालन अनुमति दिइनेछ ।’

नगपालिकाको अनुमति अनुसार बजार भित्र सञ्चालन गरिने गौतमले बताए बजार भित्र बाहेक नगरका अन्य स्थान सञ्चालनका लागि रुट अनुसार सञ्चालन गर्नको लागि पनि सोचिने गौतमको भनाई छ । तम्घास बजार भित्रको बढ्दो सवारी जामलाई अन्त्य गर्नको लागिपनि अटो रिक्सा सञ्चालन सुरु गरिएको गौतमले बताए ।

उनले अब केहि दिनमै व्यवस्थित रुपमा सञ्चालन गर्न र स्थान अनुसार भाडा दर पनि तोकिने बताए । व्यवसायी र नगरपालिका बिच आपसी समझदारिमा भाडा दरपनि तोकिने गौतमले बताए ।
बजार भित्र व्यस्त समयमा सवारी आवतजावत गर्न समस्या बढ्दै जान थालेपनि नगरपालिकाले सामान लोड तथा अनलोड गर्ने समयतालिका र मोटरसाइकलको लागि पार्किङ्गको सुरुवात गरेको छ । हाल बजारका केहि स्थानमा मोटरसाइकल पार्किङ्ग स्थल कायम गरिएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D