जिल्ला समाचार

तम्घासमा चल्ने अटो रिक्सा चालकहरुलाई प्रर्शिक्षण दिँदै ट्राफिक प्रहरी

अनिल खत्री
१५ पुस, गुल्मी । जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्न भन्दै फरक फरक तरिकाबाट सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । ट्राफिक प्रहरी कार्यालय गुल्मीले सदरमुकाम तम्घासमा चल्ने अटो रिक्सा चालकहरुलाई प्रर्शिक्षणसँगै रातिमा टल्कने स्टिकर टासेको छ ।

आइतवार सदरमुकाम तम्घासमा रहेका अटो रिक्सा चालकहरुलाई राखेर रेसुङ्गा नगरपालिका भित्र चल्ने अटो रिक्सा चालकहरुलाई प्रर्शिक्षण र रातिमा टल्कीने स्टिकरहरु टासेको हो । रातिको समयमा टल्कीने स्टिकहरु राखेका दुरघटना न्यूनिकरण गर्न मद्दत पुग्ने भन्दै ट्राफिक प्रहरीले टासिदिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक पृथ्बी काफ्ले बताए ।

ट्राफिक प्रहरीले स्टिकरसँगै अटो रिक्सा चालकहरुलाई राखेर दुरघटना न्यूनिकरण सम्बन्धी प्रर्शिक्षण पनि दिएको काफ्लेले बताए । चालकहरुलाई तिब्र गति,ओभरलोड र साना टायर भएकाले कच्ची रोडमा चलाउदा दुरघटना हुने हुँदा ध्यान दिन आग्रह गरिएको प्रहरी नायव निरिक्षक काफ्लेले बताए ।

ट्राफिक कार्यालय गुल्मीले केहि दिन अघिबाट सडकमै चालक, सहचालक र यात्रुहरुलाई प्रर्शिक्षण कार्यक्रम सुरु गरेको प्रहरीले बिद्यार्थीलाई पनि सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘ट्राफिक नियम जनौ र मानौ, आफुपनि बचौ अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ गुल्मीमा ट्राफिक सचेतना कार्यक्रमहरु गर्दैै आएको प्रहरी नायव निरिक्षक काफ्लेले बताए ।

जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा बिद्यार्थीहरुका लागि २७ वटा भन्दा वढि कक्षा, सुरक्षित चालक बनाउन पटक–पटक कक्षाहरु सञलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । सवारी धनि व्यवसायीक चालक तथा सहचालकलाई कक्षा, सर्बसाधरणलाई पर्चा पम पिलेट स्थानिय सञ्चार माध्यमबाट समेत सचेतना कार्यक्रहरु सञ्चालन गर्दै आएकोट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

प्रर्शिक्षण बाहेक तम्घासबाट छुट्ने सवारीका साधनहरुलाई टाइम कार्ड व्यवस्था गरिएको छ । बढ्दो सवारी दुरघटना न्युनिकरण गर्न भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला ट्राफिक कार्यालय गुल्मीको सक्रियतामा जिल्लाबाट छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको हो ।

जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानमा छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको छ । सदरमुकाम तम्घासबाट जिल्ला बाहिर छुटने सवारी साधनहरुलाई रिडी सम्मका लागी टाइम कार्डको व्यवस्था गरिएको हो ।

जिल्लामा पहिलो पटक झण्डै ३ वर्ष पहिले तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले टाइम कार्डको लागु गरेका थिए । केहि महिना नियमित भएपनि पुनः बन्द भएको थियो । तर पछिल्लो पटक जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले टाइमकार्ड पुन लागु गरेका हुन् । दुर्घटना न्यूनिकरणमा टाईम कार्डले मदत पुर्याएपछी यसलाई पुन सञ्चालनमा ल्याइएको हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D