घटना-दुर्घटना

तनहुँमा ट्याक्टरले किच्दा गुल्मीका सुर्यको मृत्‍यु

दमौली । व्यास नगरपालिका–१३ बेलवासमा गए राति ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी साविक फोक्सिङ गाविस–५ का २२ वर्षीय सूर्य नेपाली रहेका छन् ।

कोइदिमबाट दमौलीतर्फ आउँदै गरेको ग१त ४६७१ नंको ट्याक्टरबाट खस्दा सोही ट्याक्टरले किचेर नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने नेपालीको शव दमौली अस्पतालमा राखिएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker