खेलकुदजिल्ला समाचार

डम्मर स्मृति व्याडमिन्टन प्रतियोगिता तयारी अन्तीम चरणमा

अनिल खत्री
२० साउन गुल्मी । गुल्मीमा खुल्ला व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुँने भएको छ । जिल्ला स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको तयारी बारे आइतवार सदरमुकाम तम्घासमा पत्रकार भेटघाटको आयोजना गरेर जानकारी गराइएको थियो ।
जिल्लामा रहेको बिरभद्र जंग गुल्मका गुल्मपती सेनानी जमनत कार्कीका स्वार्गिय पिता डम्मरबहादुर कार्कीको सम्झनामा डम्मर स्मृति जिल्ला स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुँने भएको हो । जिल्लाको सदरमुकाम तम्घास स्थित याडमिन्टन कभर्ड हल, र फिल्म हलमा यहि आउदो साउन २४ गते देखि २६ गते सम्म सञ्चालन हुने भएको छ ।
प्रतियोगितामा जिल्ला भरबाट करिब ७० भन्दा वढी टिमको सहभागिता रहने नेपाल व्याडमिन्टन गुल्मीका अध्यक्ष महेश काउछाले जानकारी दिए । प्रतियोगिताको आयोजकमा नेपाल व्याडमिन्टन गुल्मी र मुख्य प्रयोजकमा गुल्मपती सेनानी कार्की परिवार रहेका छन् ।
५ बिधामा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले १० हजार र दोस्रो हुनेले ५ हजार पुरस्कारको व्यावस्था राखिएको आयोजक परिवारका सेनानी जमनत कार्कीले बताए । खेल क्षेत्रमा निकै रुची राख्ने सेनानी कार्कीले जिल्लामा रहुन्जेल बिभिन्न खेलहरुलाई खेल्नु पर्छ भन्ने भावना जगाउनको लागि आयोजना गरेको बताए ।
पछिल्लो समयमा नेपालले खेलकुद मार्फत राम्रो प्रस्तुति राख्दै आएकार देसको नामलाई अगाडी ल्याउन सफल रहेकाले यस जिल्लामा पनि त्यस्ता प्रतिभा निकाल्नको लागि बिभिन्न समयमा खेलहरु आयोजना गर्ने कार्कीले बताए । खेल खेल्नु स्वास्थ्यको निम्ती र राष्ट्रको निम्ती पनि फाइदा रहेकाले मुख्य गरि खेल खेल्नु पर्छ भन्ने भावनाको बिकास गर्नु मुख्य उदेश्य रहेको कार्कीले बताए ।
जिल्लामा रहुन्जेल खेल क्षेत्रसँगै अरु सामाजिक क्षेत्रमा काम गर्दै जाने उनले बताए । पत्रकार भेटघा कार्यक्रममा नेपाल व्याडमिन्टन गुल्मीका अध्यक्ष महेश काउछा, गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष तारा प्रसाद भुसाल,पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, नेपाल व्याडमिन्टन गुल्मीकासल्लाहाकार शेरबहादुर थापा लगायत बिभिन्न सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker