gulminews logo
मंगलवार, २०७९ असार १४

ट्रक र बसले कारलाई ठक्कर दिँदा शाइन रेसुंगा बैंकका शाखा प्रमुख पाण्डेको मृत्यु

बुटवल, पुष १४ । कपिलबस्तुमा ट्रक र बसले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना घाइते छन्।

गए राति ट्रक र बसले कार ठक्करलाई पालैपालो ठक्कर दिएको थियो । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका ४ दरखास्तमा भएको दुर्घटनामा बाणगंगा नगरपालिका १ पिपराका ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको छ।

कारमा सवार सुदीप खनाल र राजेश शर्मा पनि गम्भीर घाइते छन्। कपिलवस्तुको जितपुरबाट गोरुसिंगे जाने क्रममा: उनीहरू मंगलबार राति करिब १० बजे दुर्घटनामा परेका थिए । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाण्डे सवार बा ६ च ११६४ नम्बरको कारलाई सुरुमा ट्रकले ठक्कर दिएको थियो।

पछि ना ५ ख ३३८७ नम्बरको बसले उक्त कारलाई ठक्कर दिएको थियो। कार पाण्डेले चलाएका थिए। कारलाई ठक्कर दिने ट्रक र बसको नम्बर खुलेको छैन ।

पाण्डेलाई उपचारका लागि क्रिमसन अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए। पाण्डे शाइन रेसुंगा बैंक जितपुर शाखाको प्रमुख थिए भने कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष पनि हुन् । साथै घाइते दुई जनाको भने बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुस्

गुल्मीमा निर्माण व्यावसायीको चरम लापरबाही, बिना सूचना डोजर संचालन गर्दा ढुङ्गाले लागेर बिद्यार्थीको मृत्यु

टोपलाल अर्यालगुल्मी, २८ जेठ । मुसिकोट नगरपालिका २ का १४ बर्षीया गगन रायमाझीले झोला बोकेर

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D