घटना-दुर्घटना

ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक घाईते

प्रेम सुनार
बुटवल, असोज १० । केहि बेर अघि रुपन्देहीको शंकरनगरमा सडक दुर्घटनामा परी एक जना गम्भीर घाईते भएका छन् ।

शंकरनगर चोकमा लु१प ७३४९ नम्वरको ट्रकले बा७५प ४९२७ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार एक जना गम्भीर घाईते भएका हुन् ।

बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसी डिल्ली मल्लले भने, “म भर्खरै घटनास्थलमा पुगेर फर्किदै छु, गम्भीर घाईतको नाम विवरण खुल्न केहि बेर लाग्छ ।”

ट्रक तिब्र गतिमा आएर मोटरसाईकलाई ठक्कर दिएको एक प्रत्यक्षदर्शीले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D