घटना-दुर्घटना

ट्याक्टर दुर्घटना हुँदा १ को मृत्‍यु

ईन्द्र थापा मगर
श्रावण १७ । पर्वतको जिल्लाको कुश्मा नगरपालिका ९ पिपलटारीमा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

किराना सामान बोकेर फलेवास नगरपालिका वडा नं. २ थापा ठानाका लागि हिँडेको ग १ त २८ २२ नम्बरको ट्रयाक्टर गायत्री भन्ने स्थानमा दुर्घटना हुँदा बागलुङ नगरपालिका १३ का कमल नेपालीको मृत्यु भएको घट्नास्थलमा पुगेका ट्राफिक प्रहरी हवल्दार काशीनाथ चौधरीले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका सोही ठेगानाका विवेक नेपालीको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ। ट्रयाक्टरका चालक बागलुङ नगरपालिका १३ कै २९ बर्षिय डोलेन्द्र नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘ओभर लोड’ सहित तीव्र गतिमा रहेको ट्रयाक्टरको घुम्तीमा पुग्दा समेत गति नियन्त्रण न भएपछि सडककै नालीमा पल्टिएको थियो।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker