प्रवास

जी लण्डन मेलामा गुल्मेली नौमती बाजा बन्यो मुख्य आकर्षण

लण्डन । लण्डनमा आयोजित लण्डन मेलामा प्रथम नौमती बाजा गुल्मी युके मुख्य आकर्षण बनेको छ । गत १८ अगष्टमा साउथल पार्कमा सम्पन्न कार्यक्रममा गुल्मीको नौमती बाजा मुख्य आकर्षण बनेको हो । बिषेश रुपमा नौमती बाजा शुभकार्य र शुभ साईतमा बजाउदा सबै कार्य राम्रो सम्पन्न हुने भन्ने विश्वाशलाई प्रथमिक्ता दिएर प्रथम नौमती बाजा गुल्मी युके समुहले बाजा बजाएर मेलाको शुभसाईत गरेको थियो ।

नेपाली नाचबाटै सुरू गरिएको यस मेलालाई एसियाली समुदाबिच बेलायतकै सबै भन्दा ठुलो मेलाको रुपमा लिने गरिन्छ ।

कार्यक्रममा नेपाली समुदायको तर्फ बाट बिषेश अथितीको रूपमा नेपाली राजदुतावा लण्डनका उपनियोग प्रमुख शरदराज आरन र दुतावासकै सैनिक सहचारी नेपाल आर्मीका कर्णेल कुमारबाबु थापा छेत्रीले उपस्थिती जनाएका थिए ।

नेपाल सरकारले भिजिट नेपाल २०२० लाई सफल बनाउनुको निम्ती प्रचार प्रसारमा टेवा पुराउने उद्देश्यले पनी उक्त भाग लिईएको नेपाली टिमलाई संयोजन गरेका नेपाली राजदुतावासका तृतीय सचिव तेजेन्द्र रेग्मीले बताउनुभयो । आयोजक लन्डण्न मेला २०१८ संग सहकार्य गर्दै भब्य मेलामा ८० हजार भन्दा बढीले सहभागीता जनाएको आयोजकहरुले बताए । मेलामा नेपाली राजदुतावासले भिजीट नेपालको प्रभार्द्दन गर्न उपस्थित दर्शकहरुलाई सुचना प्याकेज तथा प्रचार सामाग्रीहरु बाँडेको थियो ।

प्रथम नौमती बाजा युके बिदेशमा रहेर पनि आफ्ना मौलिक बाजा र नेपाली साँस्कृतीहरुको जगेर्ना गर्नेकाममा निरन्तर लागिरहेको नौमती बाजाका प्रमुख संयोजक ओमप्रसाद थापा काउचाले बताए । नौमती बाजा बेलायतका बिभिन्न ठाउँहरूमा पनी बाजा बजाउने कार्यमा निरन्तर सहभागीता जनाँदै आएको छ । पछील्लो चरणमा नौमती बाजाले टनब्रीज, अल्डरसट, रिडीङ लगायतका थुप्रै ठाउँहरुमा आयोजित सार्वजनिक तथा शुभबिवाह कार्यक्रमहरुमा सहभागीता जनाएको पनि थापाले बताए । ।

लण्डन मेलामा नेपाली राजदुतावास लण्डन र नौमती बाजासमुहले गत २०१० देखी निरन्तर सहकार्य गर्दै हरेक बर्ष सहभागीता जनाउँदै आएका छन् । यस्तै यस मेलामा मगर संघ युकेको तर्फबाट सबिता राना मगर र पबित्रा थापा मगरले मौलिक नेपाली मगर जातीहरूको कौडा नाच प्रस्तुत गरेका थिए । त्यस्तै नेपाल नेपाली राजदुतावासका तर्फबाट मुस्कान भट्ट लगायतले नाच प्रस्तुत गरेका थिए ।

मेलामा नेपाली राजदुतावास लण्डनका प्रतिनिधी, कर्मचारी, नेपाली पत्रकारहरू, कलाकारहरू र बिभिन्न नेपाली संघ्सँस्थाहरुका प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D