घटना-दुर्घटना

जिप पल्टिँदा पत्रकार महासंघका पूर्वमहासचिव मगर सहित १४ घाइते

प्रकाश बराल
श्रावण २, बागलुङ । सदरमुकामदेखि बुर्तिवाङ जाँदै गरेको जिप सडक छेउमा पल्टिँदा १४ यात्रु घाइते भएका छन् । ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । बुधबार बेलुकी साँढे ६ बजे गलकोट नगरपालिका-९ रिघामा जिप पल्टेको हो ।
ध १ ज १४९ नम्बरको जिपमा सवार नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरसहित ४ जना गम्भीर घाइते भएका हुन् । घाइतेलाई गलकोटस्थित आरोग्य अस्पतालमा सामान्य उपचार गरेर पोखरा पठाएको इलाका प्रहरी कार्यालय हरिचौरका निरिक्षक मनबहादुर बिकले बताए । अन्य १० जनालाई गलकोटमै उपचार गराइएको छ ।

मंगलबारदेखि लगातार पानी परेकोले मध्यपहाडी खण्डको धेरै स्थानमा पहिरो खसेको छ । धेरै स्थानमा सडक चिप्लो पनि थियो । घटनाको जानकारी पाउनासाथ प्रहरीले उद्धार गरेको हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D