प्रवास

जापानमा शक्तिशाली भुकम्प, होक्काइडोका नेपाली सुरक्षित

जापान, २१ भाद्र। जापानको होक्काइडोमा शक्तिशालि भुकम्प गएको छ। शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको उक्त क्षेत्रमा एक हप्ता नबित्दै उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पपछि भवनहरु भत्किँदा र भूस्खलनबाट आठ व्यक्तिको मृत्यु भएको छ । यो घटनामा अन्य दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ ।

बिनोद गौतमले होक्काइडोबाट दिनु भएको जानकारी अनुसार अहिले सम्म कोहि नेपालीहरु हताहत भएको जानकारी छैन। यस क्षेत्रमा अन्य क्षेत्रको तुलनामा नेपालीहरु थोरै छन् तर सबै सुरक्षित छन्। तर बिजुली नभएको अवस्था, लामो दुरीका  यातायात (रेल/वस) ठप्प प्राय छन्। पेट्रोलको लागी पनि लामो लाइन छ, डिपार्टमेन्ट स्टोरमा पनि उस्तै लाइन छ। ब्याट्री टर्चको किन्न र चार्ज गर्नको लागि पनि लामो लाइन छ।

उता पुन: भूकम्प आउने हो की भन्ने डर छ। पसलहरू अत्याधिक कम खुलेका छन् भने खुलेकाहरु पनि सिमीत सम्मको लागी खुल्ने गरेकोले अत्यावश्यक सामानहरु किन्न अप्ठेरो परेको छ। यद्यपि अहिले सम्म खानाको समस्या तत्कालको लागी छैन। बस्ने समस्या छैन साना पराकम्प गइराखेको छ। मोवाइलको नेटवर्क कमज़ोर हुदैछ। भोली सम्ममा बिद्युत आपूर्ति सहज हुन्छ कि भन्ने आशा त्यस क्षेत्रका मानिसहरुले गरेका छन्।

यस क्षेत्रमा विद्युतसेवा उपलब्ध गराइआएको प्रमुख थर्मल प्लान्टमा भूकम्पबाट क्षति पुगेका कारण ३० लाख घरमा विद्युत सेवा अबरुद्ध भएको छ । यस भूकम्पको केन्द्रविन्दु क्षेत्रीय राजधानी साप्पोरोबाट ६२ किलोमिटर टाढा रहेकाले सुनामीको चेतावनी भने दिइएको छैन ।

भूकम्पपछि दर्जनौ घरहरु ध्वस्त भएका र भूकम्प प्रभावित इलाकामा रहेका आवासीय दर्जनौं व्यक्तिहरुलाई हेलिकोप्टरको सहयोगबाट उद्धार गरिएको छ ।

प्रहरी अधिकारीहरुलगायत करिब २० हजार उद्धारकर्ताहरु परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताउनुभएको छ । सो उद्धारकार्यमा अरु करिब २० हजार सैनिकले पनि परिचालन गर्ने तयारी भइरहेको छ ।

मन्त्रिपरिषदको आकस्मिक बैठकपछि बोल्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले मानिसको ज्यान बचाउन हरसम्भव प्रयास गरिने बताए । सन् २०११ को मार्च ११ मा जापानमा आएको विनाशकारी ९.० रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी जनधनको ठूलो क्षति भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D