प्रवास

जापानमा गुल्मी आँपचौर सेवा समितीको पाँचौ अधिवेशन हुदै

टोकियो । गुल्मी जिल्लाको आँपचौरबाट जापानमा वसोवास गदै आउनु भएको नेपालीहरूको संस्था गुल्मी आँपचौर सेवा समितीको पाँचौ अधिवेशन आगामी जनवरी एक तारिकका दिन हुने भएको छ।

अध्यक्ष महेन्द्र अधिकारीका अनुसार अँग्रेजी नयाँ वर्षको अवसर पारेर सिनवासी स्थित ग्राण्ड दार्जिलिङ रेष्टुरेन्टमा पाँचौ अधिवेशन साथै नयाँवर्ष शुभकामना कार्यक्रम समेत राखिएको छ।

कार्यक्रममा सहभागिताका लागि गुल्मी मुसिकोट नगरपालिका आँपचौरबाट जापानमा रहनुहुने ऑंपचौरे दाजुभाई,दिदिबहिनीहरु तथा आँपचौर सेवा समिति जापानका संस्थापक,वर्तमान तथा पूर्व सल्लाकारहरु सम्पुर्ण सबैमा उपस्थित लागि हार्दिक गरेको छ । कार्यक्रम अपरान्ह चार बजेबाट सुरू हुनेछ । -नेपाल जापान डट कमबाट

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D