जिल्ला समाचार

छोरीलाई ठक्कर दिएपछी बावुले मोटरसाईकल चालकलाई कुटे

अनिल खत्री
२७ बैशाख, गुल्मी । छोरीलाई मोटरसाइकलले ठक्कर दिएको आबेगमा बुवाको कुटपिटबाट गुल्मीमा एक युवा घाइते भएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा व्यवसाय गर्दै आएका रेसुङ्गा नगरपालिका वडा नम्बर ४ निवासी ३२ वर्षिय रेमलाल बस्याल कुटपिटबाट घाइते भएका हुन् ।

बस्यालको लु ३३ प ५३९९ नम्बर मोटरसाइकलले तम्घासको मिलनचोकमा ठक्कर दिँदा इस्मा गाउँपालिका ४ ढाडा निवासी ७ वर्षकी सफलता जिसी घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । तम्घासको मिलनचोकमा मोटरसाइकलले ठक्कर दिने चालक बस्याललाई वालिकाका बुवा अन्दाजी २९ वर्षिय शिवलाल जिसीले कुटपिट गरेर घाइते बनाएको बताइएको छ ।

कुटपिटबाट बस्यालको मुखमा चोट लागेको छ । घाइते बस्यालको गुल्मी अस्पतालमा उपचार भइरहेको बताइएको छ । मोटरसाइकलले ठक्कबाट घाइते वालिकाको अबस्था सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । बालिका गुल्मी अस्पतालमा समान्य उपचारपछि घर फर्किएकी छन् ।

कुटपिट गर्ने जिसीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । उनका अनुसार बालिकालाई मोटरसाइकलले ठक्कर दिएर बालिका सामान्य घाइते भएकी र मोटरसाइकल चाललाई वालिकाको बुवाले कुटपिट गरेर घाइते बनाएकाले उपचारमा पठाइएको बताए ।

घटनाबारे दुबैपक्षलाई राखेर छलफल गराइने प्रहरी नायव उपरिक्षक घलेले बताए । कुटपिट गर्ने जिसी स्याङजा जिल्ला प्रहरी कार्यालयमा प्रहरी जवान कार्यरत रहेको श्रोतले बताएको छ । उनि बिदामा घरमा आएको बताईएको छ । आफन्तले कुटपिट गर्ने जिसीलाई कारवाहीको माग गरेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D