घटना-दुर्घटना

गुल्मेली कलाकार विना थापाको सडक दुर्घटनामा ज्यान गयो

प्रेम सुनार
गुल्मी, पुस १२ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ जलजले भई काठमाण्डौंमा कलाकारिता क्षेत्रमा क्रियाशिल कलाकार विना थापाको आज दिउँसो काठमाण्डौकै वत्तीसपुतलीमा सडक दुर्घटनामा परी ज्यान गएको छ । बा २ ख ८९४ नम्वरको पानी ट्याङीले ठक्कर दिँदा बा५५प १३८७ नम्वरको स्कुटरमा सवार २७ वषिया विनाको ज्यान गएको हो । गम्भीर घाईते भएकी उनको उपचारका क्रममा विर अस्पतालमा मृत्यु भएको हो ।

स्टेज तताउन माहिर मानिने थापा चलेकी कलाकार थिईन् । थापाले नेपाली चलचित्र रामप्यारीमा अभिनय समेत गरेकी थिईन । उनले अभिनय गरेको अर्को एक चलचित्र पनि आउँदै छ । अस्पतालमा पुगेका गुल्मीका कलाकार कमल बिसीले भने, “भोली मात्र सुटिङ्गका लागि भेट्ने कुरा थियो, आज उनको मृत्युले म बोल्न सक्ने अवस्थामा छैन ।”

विना पृथ्वी माध्यामिक विद्यालय मैदनामा एसएलसी पास गरी उच्च शिक्षा अध्यान गर्न काठमाण्डौ गएपछि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी थिईन ।
bina thapa

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D