जिल्ला समाचार

गुल्मी चारपाला रुपन्देही संपर्क समाजद्वारा नयाँबर्ष २०७६ को क्यालेण्डर बिमोचन

गुल्मी चारपाला रुपन्देही संपर्क समाजद्वारा नयाँबर्ष २०७६ को क्यालेण्डर बिमोचन

बुटवल, बैशाख ०८ । गुल्मी चारपाला रुपन्देही संपर्क समाजद्वारा नयाँ बर्ष २०७६ को क्यलेन्डर बिमोचन तथा बितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम समाजका अध्यक्ष हुमनाथ ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी डेमोक्रेटिकल एसोसिएसनका केन्द्रीय उपाध्यक्ष एबं ५ नम्बर प्रदेशका सभापति अधिबक्ता गोकर्ण सिह थापाले समाजले गरेका उदाहरणीय काम प्रती प्रोत्साहन सहित सुभकामना मन्तब्य राख्नु भएको थियो ।

त्यसै गरि गुल्मी क्षेत्र नम्बर १ (ख) प्रदेस सांसद उमेदवार धनेन्द्र कार्की , जिल्ला प्रसाशन कार्यालय रुपन्देहीका लक्षमण अर्याल, यातायात ब्यबस्था कार्यलयका जनक अर्यल, बुटवल पब्लिक इस्कुलका अध्यक्ष हेमलाल भुसाल लगायतले सशुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै हेमलाल भुसालले आर्थिक इस्थिती कम्जोर भएका कारण पढ्नबाट बन्चित चारपालाबासीहरुलाई पहिचान गरि प्लेग्रुप देखि कक्षा १० सम्म पोशाक सहित नि:शुल्क पढाइ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । समाजकी उपाध्यक्ष उषा खत्रीको स्वगत मन्तब्य एवं समाजका सचिब बिकास टन्डनको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D