घटना-दुर्घटना

गुल्मीेबाट कुल पूजाको लागि बाग्लुङ जाँदै गरेको जिप दुर्घटना: १४ जनाको मृत्यु, ३ गम्भिर घाईते

यो पनि पढ्नुस्: दुर्घटना अप्डेट: दुर्घटनास्थलमा देखिएको यो पिडादायी अवस्था हेर्नुस् ११ तस्बिरमा (फोटोहरु)

गुल्मी, मंसिर १७ । गुल्मीबाट बाग्लुङको निसिखोलाको लागि छुटेको जिप दुर्घटना भएको छ ।

यो पनि पढ्नुस्: जीप दूर्घटनामा ज्यान गुमाउने १४ जनाकै सनाखत, सिंगो गुल्मी शोकमा (पुरा बिवरण सहित)

दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । ३ जना गम्भिर घाइते भएका छन । १ जना बेपत्ता भएका छन । गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चे भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

जिपमा १८ जना सवार रहेको जानकारी प्राप्त भएको छ । अहिले उद्धार कार्य चलिरहेको छ ।

थप बिवरण आउन बाकी छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D