घटना-दुर्घटना

गुल्मीमा होटेल भित्रै ट्याक्टर छिरेपछी…..

हुमाकान्त पोख्रेल
गुल्मी, २३ चैत्र । इस्मा गाँउपालिका १ हस्तिचाैर झरनामा ट्याक्टर दुर्घटना हुदाँ तीनजना घाइते भएका छन् । स्थानीय घर्तिफाँटबाट बालुवा बाेकेर तम्घास जाँदै गरेकाे लु ४ त २०५५ नम्बरकाे ट्याक्टर दुर्घटनामा परेकाे स्थानीय शिक्षक बाबुराम पन्थीले जानकारी दिए । ट्याक्टर तिब्र गतिका कारण अनियन्त्रित भई स्थानीय तारा केसिकाे झरना दाेभान हाेटल एण्ड रेस्टुरेन्ट भित्र पसेकाे थियाे ।

दुर्घटनामा परि ट्याक्टर चालक छत्रकाेट गाँउपालिका ६ का २२ बर्षिया माेहन रेश्मी घाइते भएका छन् । उनकाे खुट्टा र टाउकाेमा चाेट लागेकाे प्रहरीले जनाएकाे छ । त्यस्तै हाेटलमा नास्ता खाँदै गरेका कालिका कन्ट्रक्सनका ३ जना कामदार बृन्दाबन नगरपालिका १ राैतहटका सुनिल पटेल, नन्दलाल पटेल र जितेन्द्र चाैधरी सामान्य घाइते भएका छन् । चारै जनालाई एम्बुलेन्समा उपचारकाे लागि तम्घास पठाईएकाे छ ।

ट्याक्टरले ठक्कर दिँदा हाेटलमा रहेका फर्निचर, घरकाे पिलर र ढाेकामा क्षति भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी रविन्द्र खड्काले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D