मुख्य हेडलाईन

गुल्मीमा राष्ट्रिय परिचय पत्र बितरण सुरु: १ लाख बढिको बिवरण दर्ता, कहाँ कती?

अनिल खत्री
११ माघ, गुल्मी । गुल्मीमा राष्ट्रिय परिचय पत्र बितरण सुरु गरिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय परिचय पत्र बितरण गरेर सुरुवात गरिएको हो । परराष्ट्रमन्त्री ज्ञवालीले गतवर्षको साउन ३२ गते जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमकाबिच बिवरण दर्ता गराएका थिए । बिवरण दर्ता गराएको झण्डै १९ महिना पछि राष्ट्रिय परिचय पत्र बितरण कार्य सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माले परराष्ट्र मन्त्री ज्ञवालीलाई राष्ट्रिय परिचय पत्र बितरण गरेकी हुन् । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत उद्धव पन्थी, रेसुङ्गा नगरपालिकाका वडानम्बर–१ की बिष्णुमाया पाण्डे र वडानम्बर–४ का कुलानन्द भण्डारीलाई परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रिय परिचय पत्र बितरण गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले यसमा सबैलाई सहभागी गराउन आग्रह गरे । यो परिचय पत्रले नागरिकताको जस्तो काम नगरी अझ बढी प्रभावकारी रहेको उल्ल्खे गरे । जैविक र व्यैक्तिक विवरण समावेश हुने हुदा निकै उपयोगी र महत्वपूर्ण रहेको बताए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जिल्लामा भएको प्रगतीको बारेमा जानकारी गराउदै केही स्थायिन तहमा बिवरण संकल्नको कार्य चलेको बताइन । उनले अब रेसुङ्गा नगरपालिकामा सुरु हुने जानकारी दिइन । जिल्लामा राष्ट्रिय परिचय पत्र बितरण गर्न जिल्ला भर हाल दर्ता दर्ता संकलनहरु खटाइएको छ ।

१ लाख बढिको बिवरण दर्ता

जिल्ला प्रशासन कार्यालय गुल्मीको पछिल्लो तथ्याङ्क अनुसार १ लाख ७ हजार ३ सय २३ जनाले परिचय पत्र प्राप्त गर्नको लागी बिवरण दर्ता गराएका छन् । जिल्लामा गत कार्तिक २३ गते देखि ६१ स्टेशनबाट बिवरण संकलनको कार्य सञ्चान भैरहेको छ । जिल्ला प्रशासन कार्यालयमा मात्रै बिवरण संकलन कार्यलाई गत कार्तिक २३ गते देखि जिल्लाका स्थानीयतमै पुगि विवरण दर्ताको कार्य शुरु गरिएको थियो ।

कुन स्थानिय निकायमा कतीको बिवरण दर्ता ?

जिल्लाको गुल्मीदरबार गाउँपालिकाबाट विवरण दर्ताको कार्य शुरु भएको थियो । अहिलेसम्म जिल्लाका ९ स्थानिय तहमा बिवरण संकल्न कार्य सम्पन्न भैसकेको छ । गुल्मीदरवार गाउँपालिकामा ११ हजार ९ सय ५ जना नागरिकले परिचय पत्रको लागी बिवरण दर्ता गराएका छन् । यस्तै धुर्कोट गाउँपालिकामा १० हजार ५ सय ८० जना, छत्रकोट गाउँपालिकामा १० हजार ८ सय ४५ जना, मदाने गाउँपालिकामा ९ हजार ७ सय ८० जना, मालिका गाउँपालिकामा १० हजार २ सय ४० जना, रुरुक्षेत्र गाउँपालिकामा ९ हजार ५ सय ९९ जनाले राष्ट्रिय परिचय पत्र प्राप्त गर्नको लागी बिवरण दर्ता गराएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

यस्तै मुसिकोट नगरपालिकामा १४ हजार ६ सय ७८ जना, इस्मा गाउँपालिकामा ९ हजार ३ सय ५८ जना, सत्यवती गाउापालिकामा १० हजार ६ सय ६४ जनाले बिवरण दर्ता गराएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिकामा बिवरण दर्ता संकल्न कार्य चलिरहेको छ । जहाँ शनिबारसम्म १ हजार १ सय ७७ जनाले बिवरण दर्ता गराएका छन् । कालीगण्डकी गाउँपालिकामा पनि कार्य सञ्चानल भैरहेको छ । यस्तै रेसुङ्गा नगरपालिकामा सञ्चालन हुन बाँकी छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीबाट अहिलेसम्म ८ हजार ४ सय ९७ जनाको बिवरण संकल्नको कार्य भएको प्रशासन कार्यालय गुल्मीले जनाएको छ । परिचयपत्रमा नागरिकका व्यैक्तिक विवरण र जैविक विवरण लिईन्छ । व्यैक्तिक विवरण अन्तर्गत नामथर, ठेगाना, जन्ममिति, बुवाआमा, हजुरजबुवा, हजुरआमा, पतिपत्नी तथा जैविक विवरणमा दश औंलाको छाप, आँखाको नानीको फोटो र डिजिटल हस्ताक्षर लिइन्छ । हाललाई नागरिकता प्राप्त व्यक्तिले मात्रै आवेदन दिन सक्छन् । परिचयपत्रको आधार नागरिकता प्रमाणपत्र भएकोले सक्कल नागरिकता अनिवार्य चाहिन्छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D