जिल्ला समाचार

गुल्मीमा राष्ट्रिय जनगणनाको लागि कार्यालय स्थापना, ५ सय वढिलाई जागिर खुल्यो

अनिल खत्री
८ चैत, गुल्मी । गुल्मीमा राष्ट्रिय जनगणनाको तयारीका लागि कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम तम्घासमा कार्यालयको स्थापनासँगै जनगणनाको कामसमेत शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ ।

कार्यालय सथानपनासँगै जिल्ला जनगणना समन्वय समितिको बैठक समेत गरिएको जिल्ला जनगणना अधिकारी मदनप्रसाद पोखरेलले बताए । राष्ट्रिय जनगणनाका २०७८ का लागि सुपरिवेक्षक र गणक परिचालन गरिने भएको छ ।

जिल्लामा जनगणनाका लागि १०१ जना सुपरिवेक्षक र ४३४ जना गणक परिचालन हुने जिल्ला जनगणना अधिकारी पोखरेलले बताए । जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिइनेछ भएको । यसका लागि अनलाइनमार्फत आवेदन दिन सकिने छ ।

आबेदनका लागि चैत ११ गतेसम्म आबेदन दिने समय अबधी तोकिएको सहायक जिल्ला जनगणना अधिकारी रामचन्द्र वाग्लेले बताए । सुपरिवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्ण लेआवेदन दिन पाउनेछन् ।

गणकले तथ्याङ्क सङ्कलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्भे गर्नेछन् । सुपरीवेक्षकले विस २०७८ साल वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् ।

गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्ने वाग्लेले बताए । जिल्लामा जनगणनाको लागि जिल्ला सदरमुकामको मुख्य कार्यालय बाहेक ४ वटा स्थानिय तहमा कार्यालयहरु खुल्ल्ने भएका छन् ।

गुल्मी दरवारगाउँपालिका र रेसुङ्गा नगरपालिकाको लागि तम्घासमा, रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकाको लागि बलेटक्सारमा कार्यालय स्थापना गरिने भएको सहायक जिल्ला जनगणना अधिकारी वाग्लेले बताए । त्यस्तै चन्द्रकोट, कालिगण्डकी र सत्यवती गाउँपालिकाको लागि खैरेनी बजारमा कार्यलय खुल्ने भएको छ ।

मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको लागि वामिटक्सारमा कार्यलय स्थापन हुने भएको छ । मालिका, मदाने र धुर्कोट गाउँपालिकाको लागि पुर्कोट दहमा कार्यालय जनगणनाको थप कार्यालयहरु स्थानपना गरिने सहायक जिल्ला जनगणना अधिकारी वाग्लेले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D