कोरोनाजिल्ला समाचार

गुल्मीमा माक्स नलगाई हिड्ने १६ जनालाई कारवाही

अनिल खत्री
२४ साउन, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले माक्स नलगाई हिड्ने १६ जना कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट बिभिन्न स्थानमा गरिएको छड्के चेक जाँचको क्रममा माक्स नलगाई हिड्ने १६ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा कोरो संक्रमणको दर बढ्दै जान थालेपछि ‘तपाइको माक्स खै’ ? अभियान सञ्चालन गरिएको छ । जस अन्र्तगत जिल्ला भर माक्स नलगाउने प्रति प्रहरीले निगरानी बढाउदै आएको छ ।

प्रहरीले ६९३ जनालाई माक्स किनि लगाउन लगाईएको जनाएको छ । त्यस्तै १५० जनालाई माक्स बितरण गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा आजबाट साउन ३२ गतेसम्म निषेधाज्ञामा कडाइ गरिएको छ । केहि हप्ता खुकुलो बनाइएको निषेधाज्ञालाई पूर्णरुपमा कडाइ गर्दै समय थपिएको हो ।

विभन्न चरणमा खुकुलो पार्दै लम्बाइएको निषेधाज्ञाबाट कोरोना संक्रमण नियन्त्रणमा नआएपछि पुनः कडाइका गर्न लागिएको गुल्मी प्रशासनले जनाएको छ । थपिएको निषेधाज्ञा अनुसार खाद्यवस्तु बेच्ने पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साउन २५, २७ र २९ गते बिहान ६ बजेदेखी बिहान ९ बजेसम्म बजेसम्म संचालन गर्न पाउने भएका छन् ।

यो अबधीमा बैंक तथा वित्तिय सस्थाहरु भने पूर्ण बन्द रहनेछन् । निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी, बोक्ने मालवाहक गाडी पनि साउन २५, २७ र २९ गते मात्रै पाउने भएका छन् ।

निषेधाज्ञामा एम्बुलेन्स बाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् ।

निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

निषेधाज्ञा उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने जुनसुकै उपर प्रचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ । जिल्लामा दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट ४७९ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट ९३ जनाको मृत्यु भइसकेको छ । जिल्लामा कोरोना बिरुद्धको पहिलो मात्राको खोप लागाउको संख्या ४३ हजार २६१ जना रहेका छन् । दोस्रो मात्राको खोप लागाउको संख्या ९ हजार ८९ जना रहेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D