अपराधजिल्ला समाचार

गुल्मीमा मदिराको कारण बलात्कार र अपराध बढ्दै, ५ महिनामा इश्मामा मात्रै ५ बलात्कार

टोपलाल अर्याल
गुल्मी, २७ कार्तिक। अत्यधिक मदिरा सेवन गरी गुल्मीको मदाने गाउँपालिका ७ पुर्कोटका दुर्गा बहादुर नेपालीले १५ कार्तिकमा श्रीमति सिता नेपालीको निर्मम हत्या गरे । बाबु प्रहरी हिरासत र आमाको हत्या भएपछि एक छोरी र तीन छोराको बिचल्ली भएको छ । अहिले बालबालिका गाउँपालिकाको सहयोगमा छिमेकीको संरक्षणमा छन् । दशैकै राति ३ कार्तिकमा मुसिकोट नगरपालिका ४ वडागाउँका पंकज कुमालले श्रीमति लाली कुमालको हत्या गरे । त्यसको कारण पनि मदिरा सेवन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले बताए ।

इश्मा गाउँपालिका ६ का भुवन बहादुर कुमालले केहि दिन अघि मदिरा सेवन गरि कुटपीट गरेकी श्रीमति बिनी कुमाल ।

इश्मा गाउँपालिका ६ अम्मरपुरका भुवन बहादुर मुखियाले २५ असोजमा श्रीमतिलाई मरणाशन्य हुनेगरि कुटपीट गरे । उनले पनि अत्यधिक मदिरा सेवन गरेका कारण श्रीमतिलाई कुटपीट गरेको वडाध्यक्ष हिरा जिसीले बताए । इश्मा गाउँपालिका ६ बुल्मचौरकी तिल्ली कुमालले मदिराको झोँकमा २४ कार्तिकमा आफ्नै घरमा आगो लगाइन् । मदिराले लठ्ठिएका उनी र श्रीमान लाल बहादुर कुमालबिच झगडा भएपछि श्रीमतिले घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मदिराको कारण घरमा आगो लगाउँदा झण्डै एक÷डेढ लाखको क्षति भयो ।

आफ्नै छोरीदेखि अपाङ महिला बलात्कृत

गुल्मीको इश्मा गाउँपालिका ५ इश्मा रजस्थलका ३७ बषिय एक व्यक्तिले मदिराकै आवेकमा आफ्नै १० बर्षिया छोरीलाई २ असोजमा यौन दुव्र्यवहार (अप्राकृतिक मैथुन) गरे । उनी अहिले प्रहरी हिरासतमा छन् । त्यो मात्रै भएन मदिरा सेवन गरेका सोहि वडाका ५६ बर्षिय धन बहादुर चुँदाराले ७ भदौमा मानसिक सन्तुलन नभएकी ३५ बर्षिया युवतीलाई बलात्कार गरे । उनी अहिले कारागार छन् । इश्मा गाउँपालिका ३ दर्लामचौरका ३६ बर्षिय देव बहादुर सार्कीले पनि नशाकै मातमा २० बर्षिया युवतीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका मुद्धा शाखा प्रमुख प्रहरी नायव निरिक्षक शिव बहादुर खत्रीले बताए । मदिराकै कारण इश्मा गाउँपालिका २ हस्तिचौरका ३९ बर्षिय प्रेम बहादुर कार्कीले ११ असारमा ११ बर्षिया बालिकालाई बलात्कार गरि फरार भए । अनुसन्धानपछि प्रहरीले कार्कीलाई पक्राउ ग¥यो । उनी पनि अहिले जिल्ला कारागार गुल्मीमा छन् ।

त्यो संगै इश्मा दर्लामचौर ३ का १६ बर्षिया बालकले गत २९ फागुन २९ मा ६ बर्षिया बालिकालाई बलात्कार गरे । अहिले आरोपित बालक सुधारगृह भक्तपुर छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीमा आइतबार पनि बलात्कारको मुद्धा दर्ता भएको छ । इश्मा गाउँपालिका ६ अम्मरपुरका २५ बर्षिया रेशम कुमालले १४ बर्षिया बालिकालाई बलात्कार गरेको आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरि हिरासतमा राखेको मुद्धा शाखा प्रमुख खत्रीले बताए । बालिकाले आफुलाई मदिरा सेवन गराएर बलात्कार गरेको आरोप लगाएको उनले बताए । अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको खत्रीले जानकारी दिए ।

स्थानीय सरकार भन्छ : गम्भिर र लज्जित भएका छौ

बलात्कारका घटनाले आफुलाई समेत लज्जित बनाएकाले गाउँपालिका थप गम्भिर बन्नुपर्ने अवस्था आएको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । बिष्टले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसंग समन्वय र छलफल भैरहेकाले सचेतना मुलक कार्यक्रम मार्फत मदिरा न्यूनिकरणमा लाग्ने बताए । त्यस्तै गाउँपालिका उपप्रमुख तथा न्यायीक समिति संयोजक बिमला खत्रीले घटना घट्ने र घटाउनेमा धेरै जस्तो दलित र बिपन्न परिवार भएकाले उनीहरुमा आर्थिक समृद्धि र सचेतना आवश्यक रहेको बताइन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीका सवै स्थानीय तह मध्ये इश्मा गाउँपालिकाका बलात्कार, सामाजिक अपराध र घरेलुहिंसाका घटना हुने गरेका छन् । प्रहरीका अनुसार पनि त्यसको प्रमुख कारण मदिरानै हो । जसका कारण पछिल्लो पाँच पहिनामा मात्रै पाँच वटा बलात्कारका घटना इश्मा गाउँपालिकामा भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक बहादुर बस्नेतले बताए । ‘आफ्नै छोरीदेखि अपाङ महिला बलात्कार गर्ने, श्रीमति कुट्ने, घरमा आगो लगाउने र समाजमा बितण्डा मच्चाएका थुप्रै घटना इश्माकै छन्,’वस्नेतले भने,‘ कारण मदिरा हो, स्थानीय सरकार गम्भिर हुनैपर्छ ।’

जोखिम मोल्दैनन स्थानीय सरकार

इश्मा गाउँपालिका ६ का भुवन बहादुर कुमालले केहि दिन अघि मदिरा सेवन गरि कुटपीट गरेकी श्रीमति बिनी कुमाल ।

गुल्मीमा अपराध र बलात्कारको जड मदिरा नै हो । यो नेतादेखि कार्यक्रर्ता र कार्यालय प्रमुखदेखि जनप्रतिनिधीसम्म सवैलाई जगजायर नै छ । गुल्मीका धेरै स्थानीय तहले मदिरा नियन्त्रण र नियमनका बिषयमा कानुन समेत निर्माण गरेका छन् । तर मदिरा नियन्त्रणलाई धेरैले चुनौति सम्झेकाले पनि यो बिषयले समाजमा प्रशय पाएको मानव अधिकारकर्मी गणेश श्रेष्टले बताए । स्थानीय सरकारबाट मदिरा नियन्त्रण सम्भव भएपनि स्थानीय सरकार यो बिषयबाट उम्कन खोजेको आरोप लगाए । त्यस्तै नागरिक समाजका अध्यक्ष पदम प्रसाद पाण्डेयले जनप्रतिनिधीको राजनैतिक आस्थाका कारण मदिरा नियन्त्रणमा समस्या रहेको बताए । ‘कार्यकर्ता तहमा पुगेर मदिरा नियन्त्रण र निरुत्साहित गर्नुपर्ने भएकाले जनप्रतिनिधीले जोखिम मोल्दैनन,’उनले भने,‘ नेतृत्वलाई समाजको चोट भन्दा भोटको चिन्ता छ ।’ त्यस्तै केहि पक्ष र व्यक्तिहरुले समाजमा घरेलु मदिरा उत्पादनलाई आर्थोपार्जनसंग देखाएर नियन्त्रणमा समस्या सृजना गरिरहेको उनले बताए । अब स्थानीय तहले घरेलु मदिरा उत्पादन गरेर मात्रै जिविकोपार्ज गरिरहेका परिवारको पहिचान गरेर बिकल्प सहितको मदिरा नियन्त्रण गर्नुपर्नेमा पाण्डेयको जोड छ ।

मदिरा नियन्त्रणमा एक्लो प्रहरी

गुल्मीमा प्रहरी प्रमुख भएर आउने धेरैको पहिलो काम सदरमुकाम आसपासमा घरेलु मदिरा नियन्त्रण नै हो । गाउँ र टोलसम्म पुग्ने कमै छन् । त्यहि प्रवृतिले प्रहरीबाट पनि यो बिषय पार लाग्नेमा धेरै नागरिक आशा गर्दैनन् । प्रहरीले पहिले अभियान संचालन गर्ने र अन्तिममा एक्लो भएपछि प्रहरी पनि निष्कृय बन्ने परिपाटी गुल्मीमा छ । यो अभियानलाई आफ्नो कार्याकालभर गाउँगाउँसम्म पु¥याएर काम गर्ने केहि मात्रै प्रहरी प्रमुखहरुको नाम नागरिकलाई थाहा छ ।

त्यस मध्येका अहिलेका प्रहरी प्रमुख दिपक कुमार बस्नेतले प्रहरी र समुदाय मिलेरै यो बिषयलाई टोलटोलमा पुराउने अठोट लिएका छन् । उनले समुदाय र जनप्रतिनिधीकै मात्र साथ भए प्रहरी, प्रशासनले यो बिषय पार लगाउने विश्वास व्यक्त गरे । जसका लागि टोल–टोलमा प्रहरी, समुदाय–प्रहरी साझेदारी, प्रहरी मेरो साथी लगायतका अभियान संचालनमा छन् । साथै गाउँगाउँमा टोल सुधार समिति गठन समेत गरिएको छ । अहिले भर्खरै स्थानीय तहहरुसंग समुदाय–प्रहरी साझेदारी कार्यक्रम गर्ने बिषयमा सम्झौता समेत भएकाले अब सवैको साथ र सहयोगमा मदिरा नियन्त्रण गरी अपराध, बलात्कार र अरु हिंसात्मक घटनाहरुको अन्त्य गर्ने प्रहरी उपरिक्षक दिपक बस्नेतले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D