टोपलाल अर्याल
गुल्मी, ९ कार्तिक । गुल्मीको इस्मा गाउँपालिका ५ इस्मा रजस्थलकी एक महिलाको बिहिवार भिरबाट लडेर ज्यान गएको छ । बिहान ९ बजे स्थानीय माझी भिरमा घाँस काट्न गएकी ४५ बर्षिया पम्फा परियारको भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएकी उनलाई स्थानीय स्वास्थ्यचौकी ल्याउँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक सत्य नारायण यादवले बताए ।

गुल्मीमा ट्रक पल्टिदा चालकको मृत्यु
हुमाकान्त पोखरेलगुल्मी, २२ साउन । गुल्मीमा आइतबार बिहानै ट्रक पल्टिदा एक चालकको मृत्यु भएको छ