अनिल खत्री
१८ माघ, गुल्मी । गुल्मीमा पानी टंकीमा डुबेर एक युवतीको मृत्यु भएको छ ।
जिल्लाको रुरु गाउँपालिका ४ रानिवास निवासी २१ वर्षिय रक्षा सुनारको पानी टंकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।
घरमा संकलन गरिएको पानी टंकीबाट निकाल्ने क्रममा टंकीमा परेर डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।