गुल्मीमा नौ महिनामा ४४ लाख राजस्व संकलन

हुमाकान्त पोखरेल
तम्घास, ०३ वैशाख (रासस) ः गुल्मीमा ट्राफिक प्रहरीको सक्रियताका कारण सवारी कारवाहीबाट हुने राजस्व संकलन दरमा बृद्धि भएको छ । पछिल्लो समय ट्राफिक प्रहरीले विभिन्न ठाउँमा पुगेर चेकजाँच गर्ने गरेका कारण राजस्व दरमा बृद्धि भएको हो ।

जिल्लामा पछिल्लो नौ महिनामा सवारी कारवाहीबाट ४४ लाख राजस्व संकलन भएको छ । आर्थिक बर्ष ०७७ को साउनदेखी चैत्रमहिनासम्म नौ महिनाको अवधिमा कुल ४३ लाख ८८ हजार पाचँ सय रुपैँया राजस्व संकलन भएको छ । उक्त अवधिमा कुल छ हजार ७५० सवारी कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । साउनमा ४५० सवारीबाट दुई लाख ७२ हजार पाचँ सय, भदौमा ४५० सवारी कारवाहीबाट दुई लाख ७९ हजार, असौजमा छ सय सवारी कारवाहीबाट चार लाख २३ हजार पाचँ सय राजस्व संकलन भएको छ ।

कात्तिकमा ७५० सवारीबाट पाचँ लाख १२ हजार, मंसिरमा आठ सय सवारीबाट पाचँ लाख ७० हजार, पुसमा नौ सय सवारी कारवाहीबाट पाचँ लाख ६४ हजार पाचँ सय, माघमा नौ सय सवारी कारवाहीबाट पाचँ लाख ७४ हजार, फागुनमा ९५० सवारी कारवाहीबाट पाचँ लाख ९५ हजार पाचँ सय तथा चैतमा ९५० सवारी कारवाहीबाट पाचँ लाख ९५ हजार राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख आचार्यले जानकारी दिनुभयो ।

चैत महिनामा संकलन गरिएको राजस्व जिल्लामा ट्राफिक कार्यालय स्थापना भएदेखि हालसम्मकै उच्च रहेको कार्यालय प्रमुख आचार्यले दाबी गर्नुभयो । गत आर्थिक बर्ष ०७६÷७७ मा कुल पाचँ हजार ८७ सवारी कारवाहीबाट ३१ लाख ८९ हजार राजस्व संकलन भएको थियो । गत आर्थिक बर्षको भन्दा यस बर्षको तीन महिना अगावै १२ लाखभन्दा बढी राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

आ.व. ०७५÷७६ मा कुल छ हजार ३८९ सवारी कारवाहीबाट ३८ लाख २९ हजार राजस्व संकलन गरिएको छ भने आ.व. ०७४÷७५ मा चार हजार ८०२ सवारी कारवाहीबाट २८ लाख ९३ हजार पाचँ सय राजस्व संकलन गरिएको आचार्यले जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ