कोरोनाजिल्ला समाचार

गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

अनिल खत्री
१५ भदौ, गुल्मी गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको चन्द्रकोट गाउँपालिकाका ७ जना र इश्मा गाउँपालिकाका ५ जनामाकोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

चन्द्रकोट गाउँपालिकाका २२, २७, २८ बर्षका महिलाहरु र ३८, ५१, ६१ र ६६ बर्षका पुरुषहरु रहेका छन् । त्यस्तै इश्मा गाउँपालिका ३७ र ६६ बर्षका महिलाहरु र १५,१७,१९ बर्षका पुरुषहरु रहेका छन् ।

जिल्लामा हालसम्म ४ सय जना कोरोना संक्रमित पुगेको छ । सक्रमितमध्ये ३६६ जना कोरोना मुक्त भएर घर फर्किका छन् । जिल्लामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D