अनिल खत्री
२१ पुस, गुल्मी । गुल्मीमा डिभाइन युथ क्लवद्धारा बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ को जनहित प्राबिमा पढने बिद्यार्थीहरुलाई न्यानो कपडा बिरतण गरिएको हो ।

बिद्यालयमा पढने २१ जना असाय अशक्त बिद्यार्थीहरुलाई न्यानो कपडा अन्र्तग सुइटर र टोपी बितरण गरिएको थियो । न्यानो कपडा बितरणका लागि राखिएको कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एबम् बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बिजयकुमार मरासिनीले बिद्यार्थीहरुलाई न्याने कपडा बितरण गर्नुभयो ।
कपडा बितरण गर्दै अध्यक्ष मरासिनीले स–साना बिद्यार्थीहरुको लागि चिसो बढि रहेको बेला यसरी सहयोग गरेकोमा धन्यवाद समेत दिनुभयो । उहाँले बिद्यार्थीहरुको लागि गरिएको सामाजिक कार्यले समाजमा राज्यबाट भन्दा पनि निजि क्षेत्रबाट पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण भएको बताउनु भयो ।
उहाँले बिद्यार्थीहरुको लागि गरिएको सहयोगले पढाइमा मनोवल र चिसोमा सहजता पूर्वक बिद्यालयमा पढन आउन जान मद्दत पुग्ने बताउनु भयो । चिसो बढदै गएसँगै असाय अशक्त बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको डिभाइन युथ क्लवका अध्यक्ष शुश्मा घिमिरेले बताउनु भयो ।
डिभाइन युथ क्लवमा रहेका पदाधिकारीहरुले आफुले खाजा खाने रकमबाट बचाएर समाजमा केही गर्नु पर्छ भन्ने उदेश्यले बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको अध्यक्ष घिमिरको भनाई छ । क्लवले गत वर्ष तिहारमा देउसी भैलो खेलेर बिभिन्न सामाजिक कार्य गरेको थियो ।
असाय अशक्त बिद्यार्थीकोहरुलाई सहयोग गरेर बिद्यार्थीको पढाईमा सहजता ल्याउन न्यानो कपडा बितरण गरिएको अध्यक्ष घिमिरेले बताउनु भयो । गुल्मीमा डिभाइन युथ क्लवले जिल्लामा बिभिनन समयमा सामाजिक कार्य अन्र्तगत बिद्यार्थीहरुलाई शैक्षीक सामाग्री बितरण गर्दै आएका छन् ।
क्वलद्धारा तम्घासको उपल्लो तम्घासमा रहेको फरक क्षमताका बिद्यार्थीहरुले पढने बिद्यार्थीहरुलाई कपडा बितरण, सिमीचौर, दुबीचौर, दरबारदेबिस्थामा रहेको बिद्यालयमा पुगेर असाय अशक्त बिद्यार्थी शैक्षिक सामाग्री बितरण गर्दै आएका छन् । त्यस्तै क्वलद्धारा जिल्लाका धार्मिक मठमनदीरहरुमा सरसफाई, जिल्लामा हुने बिभिन्न स्वास्थ्य बिहिरहरुमा स्वयसेबक भएर काम गर्दै आएका छन् ।
क्लवबाट गरिने बिभिन्न कार्यको यहाँका बिभिन्न संघसंस्थाबाट बेलाबखतमा प्रशंसीत गर्ने कार्य पनि गर्दै आएका छन् । राधा माधव समिति अन्र्तगत डिभाइन युथ क्लव ०६९ सालमा स्थापित क्लव हो । यसको नेपाल भर ६५ वटा शाखाहरु रहेका छन् ।