घटना-दुर्घटना

गुल्मीमा ट्रक दुर्घटना, दुई घाइते

हुमाकान्त पोखरेल
गुल्मी, ०८ भदौ । बुटबलबाट बाग्लुङको खर्वाङ जाँदै गरेको ट्रक गुल्मीमा दुर्घटना भएको छ । ना ६ ख २०६६ नम्बरको ट्रक जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ मा बेलुका साढे छ बजे दुर्घटना भएको हो ।

दुर्घटनाबाट ट्रक चालक सत्यवती गाउँपालिका २ का २८ बर्षिया रमेश तरामु र सहचालक तानसेन नगरपालिका १२ का २३ बर्षिया वष्णिु गैरे घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्ष दिपक कुमार बस्नेतले जानकारी दिए । घाइतेहरुको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । घाइतेको अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।

उद्धारको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी गएपनि पानी परेकोले समस्या परेको उपरिक्षक बस्नेतले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D