घटना-दुर्घटना

गुल्मीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते

अनिल खत्री
गुल्मी, ५ पुस । गुल्मीमाा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । दुर्घटनामा परेर ट्याक्टरमा सवार मुसिकोट नगरपालिका वडानम्बर–५ सिमलचौर निवासी ३१ वर्षकी पार्वती बिकको घटना स्थमलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयउ गुल्मीले जनाएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वामिबाट तम्घास तर्फ आउदै गरेको लु ३ त ११०० नम्बरको ट्याक्टर आइतवार दिउसो नगरपालिकाको वडानम्बर–४ को चिउरी डाँडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते २ जनामध्ये १ थप उपचारको लागि पाल्पा र अर्का १ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएको ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D