घटना-दुर्घटना

गुल्मीमा घरमै पिङ खेल्ने डोरीमा बेरिएर बालिकाको मृत्यु

अनिल खत्री
१८ साउन, गुल्मी । गुल्मीमा एक वालिकाको पिङ खेल्ने डोरी घाँटिमा बेरिएर मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ भिरखानी निवासी ८ वर्षिया सन्ध्या परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताउनु भयो ।

घरमै खेल्नका लागि बनाइएको पिङको डोरी घाँटिमा बेँरिदा बालिका घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानिय मेडिकलमा उपचारमा उपचारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

वालिकाको शवलाई पोष्ट मार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याइदैँ छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D