घटना-दुर्घटना

गुल्मीमा गोरुलाई तर्काउन खोज्दा जिप दुर्घटना, ६ जना घाइते

अनिश शर्मा गैरे
गुल्मी, असौज १३ । मुसिकोट नगरपालिका ८ वामी हुन्द्रङ्कोटबाट सय मिटर पर पिकप गाडी सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएका छन् । एक जना गम्भीर घाइते भएको वडाध्यक्ष नारायण सापकोटाले जानकारी दिए ।

वामी बजार निवासी ध १ च १४६ नम्बरको नवराज पन्थको गाडी दुर्घटनामा केही बेर अघि मात्र परेको हो । अगाडीबाट गोरु आएको कारण रोक्न खोज्दा पनि सडक चिप्लो भएको कारण दुर्घटना भएको बताइएको छ ।

घाइते हुनेहरुमा लक्ष्मण नेपाली, रविन्द्र नेपाली, हेमु नेपाली र उनकी श्रीमती तथा चालक रामु सुनार रहेका छन् । नाम नखुलेकी लक्ष्मण नेपालीको छोरी गम्भीर घाइते भएको बताइएको छ । घाइते हेमु नेपालीको टाउकोमा चोट लागेको छ भने चालक सुनारको ढाडमा चोट लागेको बताइएको छ । उनीहरुको उद्धार गरी स्वास्थ्य चौकीमा उपचारको निम्ती ल्याउने क्रम जारी छ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D