घटना-दुर्घटना

गुल्मीमा खोलामा डुबेर दुई बालकको मृत्यु

टोपलाल अर्याल
गुल्मी, चैत ३१ । गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनीमा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । वडा नम्बर १ अग्लुङका पाँचवर्षे सुमन विक र प्युठान गौमुखी गाउँपालिका– ५ खुँगका आठवर्षे गोविन्द विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए ।

बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुबेर उनीहरूको मृत्यु भएको पाण्डेयले बताए । दुवै शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याइने उनले बताए ।

प्युठान गौमुखी गाउँपालिका– ५ खुँगकी विष्णु विक छोरा गोविन्दसहित सोमबार माइतीघर सिर्सेनी आएकी थिइन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D