कोरोना

गुल्मीमा कोरोना संक्रमितको संख्या ३४८: २६५ जना घर फर्किए, ३०३ को रिपोर्ट आउन बाँकी

अनिल खत्री
गुल्मी, २५ असार । गुल्मीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा धुर्कोट गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपती आचार्यले जानकारी दिए ।

थपिएकाहरुमा २० र २३ वर्षकी महिला र २१ र ३४ वर्षका पुरुष रहेका छन् । थपिएका संक्रमित अनुसार जिल्लामा ३४८ जना पुगेका छन् । संक्रमित कुल २६५ जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।

जिल्लाबाट १ हजार ७ सय ६८ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३०३ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker