gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

गुल्मीमा कोरोनाबाट सचेत रहन हस्ताक्षर अभियान

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

अनिल खत्री
२९ फागुन, गुल्मी । बिश्व व्यापी रुपमा फैलिरहेको नोबल कोरोना भाईरसबाट हुनसक्ने महामारीलाई मध्य नजर राखेर गुल्मीमा सचेतना स्वरुप हस्ताक्षर गरिएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले लोक दोहोरी दिवसको अबसर पारेर नोबेल कोरोना भाईरसबाट सचेत रहन हस्ताक्षर अभियान गरेको हो ।

प्रतिष्ठान गुल्मीले जिल्लाको सदरमुकाम तम्घासको लाकुरी मञ्चमा नोबेल कोरोना भाईरसबाट कसरी जोगिने के के गर्ने जस्ता सचेतना सन्देशहरु सहित हस्ताक्षर कार्यक्रम राखिएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए । आम नागरिकलाई यसबारे सचेत रहन र सचेत छु भन्ने प्रतिबद्ध बनाउनको लागि सचेतना स्वरुप हस्ताक्षर र सचेतना कार्यक्रम गरिएको पन्थको भनाई छ ।

सचेतना कार्यक्रममा जिल्लाका आम सर्बसाधारणहरुले कोरोना भाईरसबाट कसरी जोगिने भन्ने बारे सचेत छु भनेर हस्ताक्षर गरेका थिए । बिश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणको जोखिम बढने भएकाले यसबाट जोगिन सबैलाई सचेत बनाउने कार्यक्रम राखिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले जनाएको छ ।

जिल्लाका बिद्यालयहरुमा पनि कोरोना भाइरस र यसबाट जोगिने बारे जानकारी मुलक कार्यक्रमहरु गरिदै आएको छ ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D