गुल्मीमा एकजनाले कालिगण्डकी नदिमा हाम फालेर बेपत्ता

अनिल खत्री
३० पुस, गुल्मी । गुल्मीमा कालीगण्डकी नदिमा हाम फालेर एक जना बेपत्ता भएका छन् ।

जिल्लाको कालिगण्डकी गाउँपालिका २ हर्मिचौर निवासी अन्दाजी ५२ वर्षिय भुवानन्द न्यौपाने नदिमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

न्यौपाने गुल्मी र पर्वत जोड्ने सेतीवेनीको झोलुङ्गे पुलबाट कालिगण्डकी नदिमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनको खोजीकार्य भइरहेको प्रहरी निरिक्षक खड्काले बताए ।

नदिमा फालेर बेपत्ता भएको न्यौपानेको जानकारी पर्वत प्रहरीले जिल्ला प्रहरी कार्यालय गुल्मीलाई गराएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ