अपराधजिल्ला समाचार

गुल्मीमा आफ्नै आमालाई दाउराले हानेर घाईते बनाउने एक युवा पक्राउ

गुल्मी, कार्तिक १७ । आफ्नै ५० वर्षीया आमालाई दाउरा प्रहार गरी घाइते बनाएको आरोपमा गुल्मीमा एक जना पक्राउ परेका छन्।

धुर्कोट गाउँपालिका–२ पिपलधाराका २१ वर्षीय बाबुराम थापालाई प्रहरीले पक्राउ गरेको हो ।

बाबुरामले दाउरा प्रहार गरी आमालाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ र जिल्ला अदालत गुल्मीमा कर्तव्य ज्यानसम्बन्धी उद्योगमा मुद्दा पनि दर्ता गरेको छ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D