गुल्मीमा आँखाको स्वास्थ्य र त्यस्को बचाउ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

अनिता खत्री
गुल्मी, जेठ २२ । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास, गुल्मीको आयोजनामा मधुमेह उच्च रत्त चापले आँखामा पार्ने असर र त्यसको बचाउ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल नेत्र ज्योति संघ तम्घासमा भएको कार्यक्रममा नेपाल नेत्र ज्योति संघ जिल्ला आखाँ उपचार केन्द्र गुल्मीका अध्यक्ष शेर बहादुर थापाको अध्यक्षता रहेको थियो । रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गदै कार्यक्रमका प्रमुख अतिथि मेयर भुसालले आँखा सबैभन्दा महत्वपुर्ण अङ्ग भएकाले समय–समयमा यसको जाँच र हेरचाहमा ध्यान दिनुपर्ने बताउनुभयो ।

नेत्र ज्योति संघ गुल्मीका अध्यक्ष शेर बहादुर थापाले आर्थिक अवस्थाका कारण कुनै पनि बिरामी आखाँको उपचारबाट बञ्चित हुन नहुने बताउनुभएको थियो । उहाँले यदि कुनै पनि व्यक्ति वास्तविक रुपले आर्थिक अवस्था कमजोर भएकै कारण आँखाको उपचारबाट समस्यामा छ भने त्यस्ता बिरामीहरुको निःशुल्क अप्रेशनको व्यवस्था समेत गरिने जानकारी गराउनुभयो ।

जिल्लामा आँखा उपचार केन्द्रले आँखाका बिरामीहरुलाई ठुलो सहयोग पु¥र्याएको बताउँदै नगरको तर्फबाट हुन सक्ने सहयोग प्रति आफु सधै तयार रहेको बताउनुभयो । त्यस्तै मोतियाबिन्दु एवं रेटिना बिशेषज्ञ डा.ज्ञानेन्द्र लामिछानेले आँखालाई स्वस्थ राख्नका लागि कस्ता कुराहरुमा ध्यान पुर्‍याउनुपर्छ भन्ने बिषयमा अभिमुखीकरण प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापती भुवन प्रसाद श्रेष्ठ, जिल्ला अस्पताल तम्घासका डा. उत्तम पच्या, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाका मोतियाबिन्दु एवं रेटिना बिशेषज्ञ डा.ज्ञानेन्द्र लामीछाने, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामी, रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घासका उप–सभापति अखिलेश्वर प्रसाद पाण्डेयको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सह–सचिव कृष्ण पोखरेलको सञ्चालनमा सम्पन्न भएको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ