जिल्ला समाचार

गुल्मीबाट डिलक्स बस सेवा सुचारु, काठमाडौं र नयाँ दिल्लीको लागि छुट्ने

अनिल खत्री
३ कात्तिक, गुल्मी । गुल्मीबाट काठमाडौंका लागि एसी बस सेवा सुचारु भएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिद्धारा सञ्चालित डिलक्स सेवा सहितको बस आइतबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो ।

प्रालिले गुल्मीबाट काठमाडौंका लागि नयाँ थप सेवा हो । सदरमुकाम तम्घासबाट काठमाडौंका लागि छुट्ने लु २ ख ४२३० नम्बरको बसको रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसालले रिबन काटेर उद्घाटन गरेको हुन् । बिभिन्न व्यवसायी यात्रुहरुको सहभागितामा सम्पपन्न कार्यक्रममा नगरप्रमुख भुसालले चालक सहचाल र गाडी धनीलाई सम्मान गरेर सरक्षित यात्राको शुभकामना दिएर शुभारम्भ गरेका थिए । बस सेवाको शुभारम्भ गर्दै नगरप्रमुख भुसालले नेपाल भ्रमण वर्षलाई मध्यनजर राखेर सुबिधायुक्त बस सेवा थपिनु जिल्ला वासीको निम्ति सुखद पक्ष रहेको बताए ।

डिलक्स बस सेवा सुचारुसँगै जिल्लामा आउने जाने यात्रु एवं पर्यटकहरुलाई सुबिधायुक्त सेवा प्रदान गर्ने नगरप्रमुख भुसालले बताए । जिल्लाबाट छुटने डिलक्स बसलाई सुरक्षित यात्रा गराएर यात्रुहरुलाई अधिकतम सेवा दिन नगरप्रमख भुसालले आग्रह गरे । नेपाल भ्रमण वर्षलाई मध्य नजरराखेर पश्चिम नेपाल बस व्यवसायी प्रालिलाई आग्रह गरेर गुल्मीबाट सेवा थपिएको भुसालको भनाई छ । फोल्डीङ्ग सिट, एसी, सिसीटिभी, वाइफाई सहितको सुबिधा सम्पन्न डिलक्स बस गुल्मीबाट प्रत्येक दिन दिउँसो ३ बजे काठमाडौंका लागि छुट्ने पश्चिम नेपाल बस व्यवसायी प्रालि गुल्मी शाखाका भरत काउछाले बताए ।

काठमाडौंबाट तम्घास गुल्मीको लागि भने बेलुकी ५ बजे छुट्ने व्यवस्था मिलाइएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ । डिलक्स बसबाट काठमाडौं पुग्न प्रतिव्यक्ति ११५० रुपैयाँ लाग्ने काउछाले बताए । त्यस्तै डिलक्स बस हप्ताको ३ दिन तम्घासबाट सिधै भारतको नयाँदिल्लीका लागि छुट्ने भएको छ । प्रत्येक हप्ताको सोमबार, बुधवार र शुक्रवार बिहान साढे सातबजे भारतको नयाँदिल्ली छुट्ने भएको हो । नेपालबाट भारतको नयाँदिल्ली पुग्न प्रतिव्यक्ति ३२ सय रुपैयाँ लाग्ने पश्चिम नेपाल बस व्यवसायी प्रालि गुल्मी शाखाले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D