खेलकुदजिल्ला समाचार

गुल्मीदरवार गाउँपालिकामा राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता सम्पन्न

गुल्मी बैशाख १३ । गुल्मीमा प्रथम राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको गुल्मीदरवार गाउँपालिकाको आयोजनामा राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता बिविध कार्यक्रम गरेर सम्पन्न भएको हो ।

प्रतियोगिताको बैशाख १० गते गङा आधार भुत बिद्यालय चारपालाबाट सुरु गरिएको थियो ।कार्यक्रमको बिहिवार राजा रुन्खामा सम्पन्न भएको छ । प्रतियोगितामा भलिवल तर्फ रुन्खा दह माबी बिरबास प्रथम राष्ट्रपति कप हात पार्न सफल भएको छ ।

द्धितिय सुर्यदय माबी जुभुङ्ग,तृतीय थाक्सी पोखरा माबी बलिथुम भएका छन् । कबड्डी खेल तर्फ प्रथम रुन्खा दह माबी बिरबास,द्वितीय ठुला पोखरा आधार भुत चारपाला, तृतीय श्र ग्रीन बड बिरबास भएका थिए ।

हाइ जम्प खेल तर्फ प्रथम कमल डम्मरपाल् ग्रीन बड बिरबास, द्वितीय लक्ष्मण सुर्यबम्सी र इस्वरी माबी चारपाला, तृतीय श्रशिव बहादुर घिमिरे र रुन्खा दह भएको गुल्मी दरवार गाउँपालिका गुल्मीका शिक्षा बिकास अधिकृत दिपक भण्डारीले जानकारी दिए । त्यस्तै लङ जम्प खेल तर्फ प्रथम केशव टन्डन रइस्वरी माबी चारपाला, द्वितीय बिशाल श्रेष्ठ ,सारदा माबी अ्मर चरपाला, तृतीय सागर तङ्नामि ,राजा रुन्खा माबी गौडाकोट भएका छन् ।

त्रीपल जम्प खेल तर्फ प्रथम केसब टन्डन,इस्वरी माबी चारपाला, द्वितीय बिशाल श्रेष्ठ ,सारदा माबी अ्मर चारपाला, तृतीय सुमित थापा ,रुन्खा दह भएका छन् । सट फुट खेल तर्फ प्रथम करण भलामी ,रुन्खा दह माबी बिरबास, द्वितीय हिमाल पल्ली ,ग्रीन बड बिरबास, तृतीय श्र लक्ष्मण सुर्यबम्सी ,इस्वरी माबी चारपाला भएको अधिकृत भण्डारीले बताए । ज्याम्लिङ थ्रो खेल तर्फ प्रथम जीवन कार्की ,रेसुङ्गा बोडिङ चारपाला, द्वितीय हिमाल पल्ली ,ग्रीन बड बिरबास, तृतीय भुवन घर्ती ,म्यालपोखरी माबी गौडाकोट भएका छन् ।

रनिङ (१०० मिटर) तर्फ प्रथम बिशाल रजाली ,रुन्खा दह बिरबास, द्वितीय खुम बहादुर अधिकारी,रेसुङ्गा बोडिङ चारपाला, तृतीय ज्ञान बहादुर दर्जी,पदम बहादुर माबी बलिथुम भएका छन् । रनिङ (२०० मिटर) तर्फ प्रथम विशाल रजाली ,रुन्खा दह बिरबास, द्वितीय खेम राज सापकोटा ,नरहरी माबी बलिथुम, तृतीय भुवन सर्तुन्ङे ,थाक्सी पोखरा माबी बलिथुम भएका थिए ।

रनिङ (४०० मिटर ) तर्फ प्रथम ज्ञान बहादुर दर्जी,पदम बहादुर माबी बलिथुम, द्वितीय मोहन थापा ,काब्रे पोखरी जुभुङ्ग, तृतीय अनिल खासु इस्वरी माबी ,नवीन घिमिरे ,रेसुन्ङा बोडिङ्ग चारपाला भएको शिक्षा बिकास अधिकृत भण्डारीले बताए । खेल मा प्रथम ,द्वितीय र तृतीय हुने बिद्यार्थि हरुलाइ पुरस्कार ,प्रमाणपत्र र मेडल द्वारा सम्मानित गरिएको थियो ।

गुल्मीदरवारका सस्था गत र सामुदायिक बिद्यालयहरु सहभागी भएको थिए । प्रतियोगितामा कुनै न कुनै स्थान हासिल गर्न मात्र १३ वटा बिद्यालय सफल भएको गुल्मी दरवार गाउँपालिका गुल्मीका शिक्षा बिकास अधिकृत भण्डारीले जानकारी दिए ।

राष्ट्रपति रनिङ सिल्डको लागि १० खेलबाट १ सय नम्बर आधार मानी छुट्टाइएको थियो । समापन कार्यक्रममा गुल्मीदरवार का प्र अ र गाउँपालिकाका कर्मचारी बिच मा मैत्रीपुर्ण भलिबल पनि राखिएको थियो ।

शिक्षक र जनप्रतिनिधि बीच पनि मैत्रीपूर्ण भलीबल खेल राखिएको थियो । खेलमा प्र अ र शिक्षकले खेल आफ्नो कब्जा मा पार्न सफल भएका थिए ।

कार्यक्रममा विभिन्न स्कुलको तर्फ बाट नृत्य पनि प्रस्तुत गरिएको थियो । विभिन्न खेलका संयोजकहरु लाई माया को चिनो तथा सम्मान पत्र पनि प्रदान गरिएको थियो अधिकृत भण्डारीले जानकारी दिए ।

हिरा बहादुर खत्रीको सभापतित्व रहेका समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष असोककुमार थापा प्रमुख अतिथि रहेका थिए । कार्यक्रम टोप बहादुर थापा को संचालनमा सम्पन्न भएको भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D