जिल्ला समाचार

गुल्मीको सिद्धबाबामा ‘ज्ञानीसँग हाम्रा नानी’ बिद्यार्थी पढाउँदै सशस्त्र प्रहरी

अनिल खत्री
२७ भदौ, गुल्मी । सशस्त्र प्रहरीले सचेतना कार्यक्रम लिएर गुल्मीका बिद्यालयमा बिद्यार्थी पढाउन सुरु गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको सिद्धबाबा माध्यमिक बिद्यालयमा सशस्त्र प्रहरी वल गुल्म गुल्मीले लागु औषध दूव्यसनी तथा बिपत व्यावस्थापन सम्बन्धीसचेतना कार्यक्रम सुरु गरेको हो । शुक्रवार सिद्धबाबा माध्यमिक बिद्यालयमा ‘ज्ञानिसँग हाम्रा नानी’ कार्यक्रम अन्र्तगत प्रहरीले बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुसँग सचेतना कार्यक्रम गरेको थियो । सचेतना कार्यक्रममा सशस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक बिनोदराज खनालले बिद्यार्थीहरुलाई लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धी जनचेतना मुलक प्रस्तुतिहरु राखेका थिए ।

बिद्यार्थी र प्रहरी बिच साथित्वको भावना जगाउँदै लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धी प्रर्शिक्षण कार्यक्रम राखिएको प्रमुख प्रहरी नायव उपरिक्षक खनालले बताए । बिद्यार्थीहरुलाई बिपद भनेको के हो, बिपद आउँदा कसले के भुमिका निर्वाह गर्ने, विपदको समयमा आफुले कसरी भुमिका निर्वाह गर्न सकिन्छ र बिपदको समयमा अपनाउन सकिने संयमताको बिषयमा जानकारी गराइएको थियो । बिद्यार्थीहरुलाई जनचेतना मुलक कार्यक्रममा बिपत व्यावस्थापन सम्बन्धी सशस्त्र प्रहरीले गरेका बिभिन्न उद्धार तथा सकरात्मक कामहरु बारेमा पनि जानकारी गराइएको थियो । लागु औषधको दुव्यसनीले समाज पार्ने नकरात्मक असरहरु तथा बिपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्ने जस्ता बिषयमा सशस्त्र प्रहरीले बिद्यार्थीहरुलाई जनचेतना अभियान अन्र्तगत कार्यक्रम गरेको प्रहरी नायव उपरिक्षक खनालले बताए ।

स्कुल कार्यक्रमबाट बिद्यार्थीहरुलाई बिपद बारे जानकारी गराउदै लागु औषध दूव्यसनीमा फस्न नदिन तथा समाज सुधारमा महत्वपूर्ण निर्वाह गर्ने उदेश्यले राखिएको खनालले बताए । बिद्यार्थीहरु लाई लागू औषध भनेको के हो, लागू पदार्थ सेवन गर्दा का बेफाईदाहरु, समाज मा कस्ता असर पार्छ र कानुनी अबस्थाको बारेमा पनि जानकारी गराइएको थियो । लागु औषधको यस्तो बढ्दो प्रयोग र समाजमा यसले पार्ने नकारात्मक प्रभाबका कारण यसलाई सामाजिक अपराधका रुपमा लिईएको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराइएको थियो । प्रहरीले तम्घासकै उपल्लो तम्घास माबिमा पनि शुक्रवार नै सचेतना कार्यक्रम राखेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D