कोरोना

गुल्मीको सत्यवतीमा बुधवार एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि

सन्जु काउछा
१७ भदौ । गुल्मीको सत्यवती गाउँपालिकामा बुधवार एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा सत्यवती गाउँपालिकाकाका बिभिन्न क्वेरण्टाईनमा रहेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाले बुधवार बेलुका एक प्रेस बिज्ञप्ती जारी गर्दै जनाएको छ ।

गाउँपालिकाबाट गत भदै ५ गते स्वाब लिई परिक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएका मध्य २१, २२, २३, २४, २८ र ४५ बर्षका ६ जना पुरुषहरुमा संक्रमण देखिएको हो । त्यस्तै बुधवार नै प्राप्त नतिजाअनुसार १९ र २३ बर्षका एक एक अनी २५/२५ बर्षका २ गरी ४ जना महिलाहरुमा पनि संक्रमण देखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत यादब भण्डारीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ । संक्रमितहरु सबैजना बिभिन्न मितीमा भारतबाट आएको गाउँपालिकाले जनाएको छ ।

अहिले संक्रमितहरु सबैको अवस्था सामान्य रहेको र हाल संक्रमितहरुसँग संपर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भईरहेको बताईएको छ ।

यसअघी गत सोमबार सत्यवतीकै छिमेकी गाउँपालिका चन्द्रकोटमा जनप्रतिनिधिहरु, बैंकर्स र ब्यवसायी गरी ७ जनामा संक्रमण देखिएपछी गाउँपालिका सिल गरिएको थियो । त्यस्तै सोही दिन नै इश्मा गाउँपालिकाका ५ जनामा पनि कोरोना संक्रमण पुष्टी भएको थियो भने भदौ १३ गते मुसिकोटका एक जना स्वास्थ्यकर्मी सहित ५ जनाको कोरोना परिक्षणको नतिजा पोजेटिभ आएको थियो । गाउँपालिकामा संक्रमित भेटिएसँगै मुसिकोट गाउँपालिका पनि सिल गरिएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D