गुल्मीको पिकनिक गएको जीप दुर्घटना, एउटै गाउँका सात जना घाइते

टोपलाल अर्याल
गुल्मी, २६ मंसिर । गुल्मीको गुल्मी दरवार गाउँपालिका १ को बलिथुममा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । पिकनिक सकेर गौडाकोटबाट बलिथुम जाँदै गरेको लु १ ज १३७८ नम्बरको जीप बलिथुमको सुकाखोलामा दुर्घटनामा परेको शसस्त्र प्रहरी बल गुल्म, गुल्मीका प्रहरी निरिक्षक देवराज मल्लले बताए ।

दुर्घटनामा गुल्मी दरवार गाउँपालिका १ का एउट ३४ बर्षिय रेशम खड्का, २४ बर्षिय हरिकला खड्का, १९ बर्षिया यमकली खड्का, २८ बर्षिय टोप बहादुर खड्का, ७ बर्षिय धर्मराज खड्का र ३४ बर्षिय जीवन खड्का घाइते भएको मल्लले जानकारी दिए । त्यस्तै सोहि स्थानका ३० बर्षिय सुकी कुवर र जीप चालक खिम बहादुर कार्की घाइते भएका छन् । घाइते सवैलाई उपचारका लागि पाल्पा लगिएको प्रहरीले जनाएको छ । जीप सडकबाट २० मिटर तल झरेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ