पर्यटन

गुल्मीको पर्यटकीयस्थल श्रृंगेश्वर क्षेत्र ओझेलमा

अनिल खत्री
७ पुस, गुल्मी । गुल्मीको एक धार्मिक, ऐतिहासिक एबम् पर्यटकीय क्षेत्र ओझेलमा परेको छ । नेपाल भ्रमण वर्ष २०२० नजिकिदै गर्दा धार्मिक एबम् पर्यटकीय स्थलहरुको उलेख्य प्रचार प्रसार नहुँदा ओझेलमा परेका छन् । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर–४ छत्रकोट गाउँपालिका–४ को संगम क्षेत्र श्रृङ्गामा रहेको श्रृगेश्वर मन्दीर ओझेलमा परेको हो ।

जिल्लाको गौरवको रुपमा रहेको धर्मिक, ऐतिहासिक एबम् पर्यटकीय स्थल श्रृगेश्वर मन्दीर पर्याप्त मात्रामा प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको छ । जिल्लाकै सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा क्षेत्रको मन्दीरसँग महत्व जोडिएको श्रृगेश्वर मन्दीरको महत्व जन मानसमा ल्याउन नसक्द ओझेलमा परेको हो । त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले रेसुङ्गाको शिखरमा र श्रृङ्गा क्षेत्रमा रहेका तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । ऋषि ऋष्यश्रृंगले गर्मी समयको ६ महिना रेसुङ्गामा र जाडो समयको ६ महिना श्रृङ्गा क्षेत्रमा रहेका तपस्या गर्ने गरेको मन्दीरका पुजारीको भनाई छ ।

रेसुङ्गा क्षेत्रमा जोडो समयमा अत्याधिक चिसो हुने भएकाले पनि चिसोबाट बच्न श्रृङ्गा क्षेत्रमा रहेका तपस्या गर्ने गर्दथे भन्ने जनबिश्वास रहि आएको छ । श्रृङ्गा क्षेत्रमा तपस्या गर्दा रिडीमा नुहाउन जाने र माथी आएर तपस्या गर्ने गरेको मन्दीरका पुजारी बताउछन् । मन्दीरमा पुजा गरेमका मोक्ष प्राप्त हुन्छ भन्ने मान्यताले यस स्थलमा बिभिन्न समयमा श्रदालु भत्तजनहरु पुग्ने गर्दछन् । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । सिद्धस्थान, महापोखरी, यज्ञशाला, शिवालय, जस्ता धार्मिक स्थलहरु यसै क्षेत्र भित्र रहेका छन् । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु एबम् पूजाआजा हुने गर्दछ । प्राचिन युगमा ऋषि ऋष्यश्रृंग महर्षिहरुले तपस्या गरेको हुनाले यस ठाउँको नाम पनि श्रृङ्गा रहन गएको हो ।

द्वापर युग, त्रेतायुगदेखि नै यसको महत्व रहेको बिभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ । सिद्धभूमि,तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहि आएको छ । ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द,रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थलको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण, होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ । जिल्ला सदरमुकाम तम्घासबाट २७ किलोमिटर पक्की सड्क र गुल्मी प्रबेशद्धार रिडीबाट १७ किलोमिटर पक्की सडकको नजिकै रहेको मन्दीर बिभिन्न धार्मिक, ऐतिहासिक एबम् आध्यामिक महत्वले भरिपूर्ण रहेको छ । हाल मन्दीर क्षेत्रमा स्थनिय र प्रदेश सरकारको सहयोगमा केहि निर्माण कार्य भएपनि उलेख्य रुपमा संरचना निर्माण हुन सकिरहेका छैनन् ।

गाउँपालिकाले लेखा गुफा उत्खनन, पोखरी निर्माण, सड्कबाट पैदल मार्ग निर्माण, पाकिङ्ग निर्माण जस्ता कार्यहरु थालनी गरेपनि मन्दीर क्षेत्रकै महत्व बारे कमैलाई जानकारी हँुदा अन्तरिक एबम् बाह्य पर्यटकहरु पनि पुग्न सकेका छैनन् । मन्दीरमा भइरहेका निर्माण कार्यलाई पुरा गर्न गाउँपालिकाले ध्यान दिइरहेको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष फर्सुराम ज्ञवालीले बताए । उनले यस क्षेत्रमा चर्चामा रहेको लेख गुफा र यहाँको मन्दीर क्षेत्रको महत्वलाई जनमानसमा ल्याउन नसक्दा ओझेलमा परेको ज्ञवालीले बताए ।

नेपाल ग्रमण वर्ष नजिएसँगै यस क्षेत्रमा पनि धेरै आन्तरिक एबम् बाह्य पर्यटकहरु ल्याउनको निम्ति प्रचार प्रसारमा सबैले ध्यान दिनुपर्नेमा वडाअध्यक्ष ज्ञवालीले जोड दिए । गाउँपालिकाले पनि यस क्षेत्रको संरक्षण र महत्वलाई जनमानसमा ल्याउनको निम्ति योजनाबद्ध रुपमा अगाडी बढिरहेको उनको भनाई छ । हाल मन्दीर क्षेत्रमा सामान्य रुपमा पुग्ने गरेका आन्तरिक पर्यटकहरु सुन्दर मनोरम रहेता पनि राज्यले प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताउछन् । यस क्षेत्रमा भएका रहेका धार्मिक, ऐतिहासिक, पुरातात्वतिक साँस्कृतिक महत्वलाई झल्काउने गरि संरक्षण, सम्बद्र्धन र प्रचार प्रसार गर्न सके यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुको राम्रो सम्भावना रहेको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D