Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीकै खबर: सय मिटर बाटो मर्मत गर्न ९ बर्ष - Gulminews

गुल्मीकै खबर: सय मिटर बाटो मर्मत गर्न ९ बर्ष

डि.बी. खड्का
गुल्मी । सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ तर यो वास्तवीकता हो । गूल्मीको तम्घासमा भत्काइएको नौ बर्षपछी एक सय मिटर बाटो पिच हुँदै छ । गूल्मीको मुटु मानिने सदरमुकाम तम्घास र त्यसको पनि मुटु मानिने रेसुङ्गा नगरपालिका ८ चिदिचौर स्थित् सय मिटर बाटो ९ वर्ष पछि मात्र पिच गर्ने प्रकिया अघि बढाइएको हो ।

२०६७ सालमा चिदिचौर खेल मैदान विस्तार गर्ने क्रममा चिदीचौरको माथिल्लो भागमा रहेको उक्त बाटो भत्काईएको थियो । फुटवल मैदान विस्तार गर्दा ठाँउ नपुगेर भत्काईएको थियो । त्योभन्दा पहिला पनि पिच नगरिएको रेसुङ्गा खेलमैदान तथा मन्च निमार्णका अध्यक्ष रामु पन्थीले बताए ।

करिव सय मोटर बाटो अरु ठाँउको बाटो जस्तो सामान्य पक्कै होइन । जसको सामुन्यमा जिल्ला ट्राफिक कार्यलय र नेपाल टेलिकमको कार्यलय रहेका छन । त्यस्तै केहि अगाडि माथितिर जिल्ला प्रहरी कार्यलय रहेको छ । बाटोको अगाडि नै जिल्ला अस्पताल रहेको छ । उक्त बाटो अदालतको अगाडि माथी तिर पर्दछ । जिल्ला प्रशासन कार्यलय गुल्मी ,जिल्ला समन्वय समिति पनि केहि तल तर नजिकै रहेका छन् । त्यतीमात्र कहाँ हो र ? यहाँका जनप्रतिनिधीहरु र वरिष्ठ व्यक्तीहरु दैनिक आवजावज गर्ने बाटो समेत यही हो ।

त्यस्तै जिल्लाका अन्यत्र ठाँउबाट आएका मानिसहरु दिनमा प्राय: बस्ने ठाँउ पनि चिदीचौर हो । नगरपालिका भित्र हुने अधिकाश खेलहरु यहि मैदानमा खेलाइन्छ । बाटो धुलाम्य हुँदा पनि सर्वसाधरण हिड्न वाध्य थिए । सदमुकामको लाइफलाइनका रुपमा रहेको बाटो त्यो पनि सय मिटर मात्रै । नौ वर्षसम्म मर्मत नहुनु दु:खद कुरा हो ।

जिल्ला ट्राफिक र्कायलय गूल्मीका प्रमुख पृथ्वी नारायण काफ्लेले भने,”लामो समयसम्म बाटो पिच नहुँदा धुलोले सारै समस्या पारेको छ । ठुला किसिमका सवारी दुघर्टना नभएपनि मान्छेहरु धेरै लडिरहेका हुन्छन “। तर, स्थानीयले भने भग्वानको कृपाले ठुलो दुर्घटना नभए पनि दिनमा ३, ४ वटा सामान्य किसिमका मोटर साइकल दुघर्टना हुने गरेको बताए ।

हामीले जिल्ला समन्वय समितीका प्रमुख लक्ष्मण पराजुलिलाई सोध्दा बजेत अभावमा आजसम्म पिच हुने नसकेको उनले बताए । स्थानीय चुनावपछि पनि नगरपालिकाले प्राथमिकतामा राखे पनि वजेटकै अभावले काम हुन नसकेको उनले स्पष्टोक्ती दिए । यता रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले भने शहरी विकास आवास योजना भैरहवाबाट बाटोको लागी बजेट निकासा गरिएको र टेन्डर प्रक्रिया समेत अघी बढाईएको जानकारी दिए । उनले भने,”आउँदो असार मसान्त सम्म तपाईहरुले बाटो पिच भएको देख्नुहुन्छ ।”चिदीचोैरको बाटोसँगै रेसुङ्गा अस्पताल देखि उपल्लो तम्घासको विधुत् चोकसम्मको बाटोलाई समेटे्ने गरी दुई करोड दश लाख रकम परेको उनले बताए ।

खैर, लामो समयसम्म कसैको आँखा नपरेको बाटो नगर प्रमुख भुसालको पहलमा ढिलै भएपनि प्रकीया अघि बढ्दा सबैमा एक किसिमको खुसी छाएको छ ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D