कोरोनाजिल्ला समाचार

गुल्मीका ५ जनाकै कोरोना परिक्षण रिर्पोट नेगेटिभ, क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिड टेस्ट गरिदै

टोपलाल अर्याल
गुल्मी, २९ चैत। गुल्मीमा पहिलो पटक कोरोना आशंकामा स्वाब परिक्षण गरेका पाँच जनाकै कोरोना परिक्षण रिर्पोट नेगेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए । गत चैत २४ गते मुसिकोट नगरपालिकाका दुई, रेसुङा नगरपालिकाका एक र सत्यवति गाउँपालिका दुई जना युवाको कोरोना परिक्षणको लागि स्वाब संकलन गरेर भैरहवा स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

उनीहरु गत चैत्र ६ गते कोरोना संक्रमित युवतीसंगै कतार एयरवयजको विमानबाट नेपाल आएका थिए । रेसुङा नगरपालिकाका युवा महेन्द्र माविको क्वारेन्टाइनमा रहेका थिए । भने बाँकी मुसिकोट नगरपालिका र सत्यवति गाउँपालिकाका चार जना होम क्वारेन्टाइनमा रहेकाले स्वाब परिक्षण गरिएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । अब पाँच जनानै सामान्य जीवनमा फर्कन सक्ने पच्याले बताए ।

गुल्मीमा पनि ¥यापिड टेस्ट गरिदै

गुल्मीका विभिन्न स्थानीय तहको क्वारेन्टिनमा बसेकाहरुको ¥यापिड टेष्ट गरिने भएको छ । स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले शनिबार बेलुकासम्म किट जिल्ला आउने भएकाले आइतबार वा सोमबारबाट टेस्ट गरिने बताए । उनले प्रदेश संस्था आपूर्ति व्यावस्थापन केन्द्र वुटवलमा दुई सय थान किट माग भए पनि एक सय मात्रै प्राप्त भएकाले पहिलो चरणमा ७५ जनाको टेस्ट गरिने बताए । शर्माले ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई टेस्टका लागि तालिम दिनुपर्ने र किट आवश्यक पर्ने भएकाले दुवैको व्यावस्थापन गरेर जिल्लामा विदेशबाट आएका सवैलाई टेस्ट गरिने बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D