gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीका मृगौला पीडित भुजेललाई आमा समुहद्धारा झन्डै २ लाख रुपैँया सहयोग

गुल्मी, फागुन २९ । जिल्लाको रेसुङ्गा नगरपालिका ८ का दुवै मृगौला फेल भई जिवनमरणको दोसाँधमा रहनु भएका युगल भुजेललाई आर्थिक सहयोग प्रदान गरिएको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि उपचार गराईरहनुभएका ३८ वर्षिय भुजेललाई लेकबेसी आमा समुह तथा रेसुङ्गा स्वास्थ्य आमा समुह रेसुङ्गा नगरपालिका ८ गुल्मीले सहयोग प्रदान गरेका हुन्।

यो पनि पढ्नुस्: मृगौला पीडित भुजेललाई गुल्मीका होटल व्यवसायीहरुद्वारा ५ हजार रुपैँया सहयोग

मृगौला पीडित भुजेलको निवास तम्घासमा एक औपचारिक कार्यक्रमका बिच लेकबेसी आमा समुहले रु १ लाख ५० हजार ९ सय ७० रुपैँया तथा रेसुङ्गा स्वास्थ्य आमा समुहले रु ३५ हजार ३ सय ८० रुपैँया मृगौला पीडितका दाजु डिल बहादुर भुजेललाई हस्तान्तरण गरेको हो । लेकबेसी आमा समुहकी उपाध्यक्ष तारा पौडेल तथा रेसुङ्गा स्वास्थ्य आमा समुहकी अध्यक्ष तेजकुमारी क्षेत्रीले आफुहरुले सङकलन् गरेको आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण गर्दै लेकबेसी आमा समुहकी उपाध्यक्ष पौडेलले मृगौला पीडित भुजेलको जिवन रक्षाका लागि आफुहरुको तर्फबाट केही भएपनि राहत पुराउने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिने उल्लेख गर्नुभयो । यस्तै रेसुङ्गा स्वास्थ्य आमा समुहकी अध्यक्ष तेजकुमारी क्षेत्रीले यस्तो समस्या भोली जसमा पनि पर्न सक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। मृगौला पीडित भुजेललाई आफुहरुको तर्फबाट केही भएपनि उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेको बताउनुभयो। उहाँले आफुहरु सामाजिक कार्यमै क्रियाशिल रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई जोड दिने उल्लेख गर्नुभयो।

३८ वर्षिय भुजेल सामान्य परिवारमा हुर्किएर जिल्लामै उत्कृष्ट फुटबल खेलाडीका रुपमा परिचित रहनुभएको थियो। खेल तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥र्याउनुभएका भुजेलले दुवै मृगौला फेल भएपछि सबैसँग सहयोगको याचना गरिरहनुभएको छ । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा खोटो संकलन् संस्थाका रोशन उप्रेती, युवा समाजसेवि राजु पाण्डे, पत्रकार, विभिन्न समुह, संघसंस्थाका प्रतिनिधिहरु पुग्नुभएको थियो। कार्यक्रमको सञ्चालन लेकबेसी आमा समुहकी सचिव राधा पाण्डेले गर्नुभएको थियो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D