जिल्ला समाचार

गुल्मीका पन्थी राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगितामा देशभरमै प्रथम, राष्ट्रपतिद्वारा सम्मान (भिडियो)

सन्तोष महतारा
गुल्मी २३ माघ । गुल्मीका विक्रम पन्थी राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगितामा देशभर मै प्रथम भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले आफ्नो स्थापना दिवसकाे अवसरमा काठमाडौंमा आयोजना गरेको “भष्ट्रचार नियन्त्रण र सुशासन प्रबर्द्धन”भन्ने बिषयकमा राखेको राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगितामा गुल्मीका विक्ररम पन्थी प्रथम भएका हुन् । उनले प्रदेश छनाेट प्रतियोगितामा पनि प्रदेश पाँच बाट प्रथम भइ केन्द्रमा सहभागी हुने अवसर प्राप्त गरेका थिए । उनले गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसबाट सहभागी जनाएका हुन् ।

वक्तृत्वकला प्रतियोगिता मा देशभरमै प्रथम भएका पन्थीलाई आउँदो २८ गते राष्ट्रपति विद्यादेवि भण्डारीले २५ हजार नगद साथै प्रमाणपत्र सहित सम्मान गर्ने छिन् ।

जिल्लाकाे पश्चिम भेगमा रहेको मदाने गाउँपालिका वडा नम्बर ७ भनभने बडाचाैरमा बुबा दिपनारायण पन्थी र आमा कमला पन्थीकाे काेखबाट बि.सं २०५५ साल चैत्र १२ गते जन्मिएका विक्रम पन्थी सानैदेखि जिल्लास्तिरय वक्तृत्वकला प्रतियोगितामा पनि प्रथम हुने गर्दथे । यसभन्दा अघि जिल्लास्तरिय वक्तृत्वकला प्रतियोगितामा दजनाैँ पटक प्रथम बनेका उनी युवा परिषद् प्रदेश ५ ले आयाेजना गरेको वक्तृत्वकला प्रतियोगितामा तृतीय समेत बनेका थिए ।

माध्यमिक तहको शिक्षा गाउँ कै दिपक माध्यमिक विद्यालय उत्तीर्ण गरेका पन्थी त्यसपछि कक्षा ११/१२ साथै स्नातक तह जिल्लाकाे सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसबाट गरे । उनी राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगितामा प्रथम बनेसँगै खुसि हुदै यस्तो फेसबुकमा लेखेका छन्।

“एक दिन पनि औपचारिक शिक्षाको लागि विद्यालयमा पाईला नटेक्नु भएका मेरा बुबाआमाले सिकाएका शब्दहरूको प्रयोग गरि राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरि नगद रु २५००० सहित राष्ट्रपतिबाट सम्मानित हुने अवसर प्राप्त भएको छ। साथै उनले सामाजिक संजालमार्फत आफुलाई सधै हाैसला प्रदान गर्ने सुरेश भुषाल , दिन पन्थी , चन्द्रकान्त पन्थी , हरि खत्री , कुन्जरमणी गौतम, पुनाराम घिमिरे, पुस्पा घिमिरे लगायत आदरणीय व्याक्तित्वहरुलाई धन्यवाद ब्यक्त गरेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D