जिल्ला समाचार

गुल्मीका अपांगलाई सोलुखुम्बु जिल्लाबाट सहयोग

सन्तोष महतारा
गुल्मी, असार १५ । नेपालको पुर्वी क्षेत्रमा पर्ने सोलुखुम्बु जिल्लाबाट प्रदेश नम्बर ५ को पहाडी जिल्ला गुल्मीमा आर्थिक सहयोग गरिएको छ ।

गुल्मी छत्रकोट गाउँपालिका वडा नम्वर ३ हर्दी नेटाकाको एक पिडीत परिवारको कथा गुल्मी टेलीभिजनले प्रशारण गरेपछि सोलुखुम्बुको जुनबेसी घर भई हाल युरोप बस्ने फुर्वा लामा र छिरिङ शेर्पाले छोराको जन्मदिनको अवसरमा नगद रू २५ हजार रुपैँया सहयोग रकम प्रदान गरेका हुन् ।

पीडित घर परिवारका चारै जना सन्तान जन्मजात अपाङग हुँदा उक्त परिवार बिचल्लीमा परेको थियो । मदन भण्डारी राजमार्ग योजना कार्यलयका सुचना अधिकारी सुनित केसीले सहयोग गरेको नगद रू एक हजार सहित शनिबार टेलिभिजनले अशक्तको घरमै गएर रकम हस्तान्तरण गरेको हो ।

यस अघि टेलिभिजनले उत्पादन गरेको कार्यक्रमबाटै जिल्लाको ईश्मा गाउँपालिकाकी एक सय वर्षीया वृद्धालाई आर्थीक सहयोग तथा स्थानिय सरकारबाट कानुनी राहत मिलेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D