गाउँपालिकाको लागि लाेगाे बनाएका गुल्मीका ईश्वर बिक अर्घाखाँचीको मालारानी गाउँपालिकाद्वारा सम्मानित

दिपेन्द्र खत्री
अर्घाखाँची, मंसिर ३० । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले आफ्नै पालिकाको लोगो बनाउने गुल्मी जिल्लाको रेसुङगा नगरपालिका निबासी डिजाईनर ईश्वर बिकलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।

गाउँपालीकाले उत्कृष्ट प्रतिक चिन्ह लाेगाे बनाउने गुल्मी निबासी ईश्वर बिकलाई नगद र प्रमाणपत्रले सम्मान गरेको हो ।

गाउँपालीकाका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री र प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले एक समारोहबीच बिकलाई सम्मान गर्दै थप सफलताको शुभकामना समेत दिनु भएको थियोे ।

गत कार्त्तिक २ गते आईतवार मालारानी गाउँपालिकाले थुप्रैकाे लाेगाेमा छिमेकी जिल्ला रेसुङगा नगरपालिका निबासी डिजाईनर ईश्वर बिकले बनाएको लोगो छनोट गरि गाउँपालिकाले सार्बजनिक गरिएको थियो । यस भन्दा अगाडि पनि बिक गुल्मीकै दरबार गाउँपालिकाको लागि लोगो बनाएर सम्मानीत भएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ