साहित्य

गजल: चालीस कट्न थालिसकेँ रमाउन आऊ प्रिय

-कृष्णकला भण्डारी कँडेल
चालीस कट्न थालिसकेँ रमाउन आऊ प्रिय
चिरिएका खस्रा हात समाउन आऊ प्रिय

यो पनि पढ्नुस्: कुलचन्द्र गौतमको ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ अमेरिकाको विश्वविद्यालयमा पढाइ हुने

बन्धकीको खेतबारी फर्काउन नसके नि
दुइचार पैसा साहुको हात थमाउन आऊ प्रिय

कुह्यो खर, उम्र्यो झार तारामण्डल छानो भयो
उधारेर जस्ता पाता जमाउन आऊ प्रिय

न जन्मदा थियौ यहाँ न त थियौ पास्नी हुँदा
हुर्किएकी जेठी छोरी अन्माउन आऊ प्रिय

लाउँदिन यो सिक्री औँठी बेची रिन तिर्छु बरु
अब आफ्नै पाखो जोती कमाउन आऊ प्रिय

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D